रूपन्देही- ३ को उपनिर्वाचनका लागि भदौ १५ सम्म उम्मेद्वार सिफारिस गर्न एमालेको परिपत्र  « Khabarhub

रूपन्देही- ३ को उपनिर्वाचनका लागि भदौ १५ सम्म उम्मेद्वार सिफारिस गर्न एमालेको परिपत्र 


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपा एमाले रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन तयारीमा जुटेको छ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते उक्त क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ ।

निर्वाचनको तयारीका लागि एक महिलासहित तीन उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई महासचिव शङ्कर पोखरेलले पत्र पठाएका छन् ।

महासचिव पोखरेलले लेखेको पत्रमा उम्मेदवार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन भनिएको छ ।  पत्र अनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेदवार सिफारिसका लागि जानकारी गराउनेछ ।

केन्द्रीय कार्यालय प्रमुख डा. भीष्म अधिकारीका अनुसार बुधबार दुवै कमिटीलाई पत्राचार गरेर भदौ १५ दिन भित्र उम्मेदवारको नाम पठाइसक्न निर्देशन गरिएको छ ।

मातहतका कमिटीबाट आएका नामलाई पार्टी केन्द्रीय सचिवालयले एकजनाको नाममा निर्णय गर्ने डा. अधिकारीले बताए ।

२०७९ साल मङ्सिर ४ गते भएको निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित राप्रपा सांसद दीपक बोहराको गत चैत १९ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ९ : २१ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक