रूपन्देही- ३ को उपनिर्वाचनका लागि भदौ १५ सम्म उम्मेद्वार सिफारिस गर्न एमालेको परिपत्र  « Khabarhub

रूपन्देही- ३ को उपनिर्वाचनका लागि भदौ १५ सम्म उम्मेद्वार सिफारिस गर्न एमालेको परिपत्र 


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपा एमाले रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन तयारीमा जुटेको छ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते उक्त क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ ।

निर्वाचनको तयारीका लागि एक महिलासहित तीन उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई महासचिव शङ्कर पोखरेलले पत्र पठाएका छन् ।

महासचिव पोखरेलले लेखेको पत्रमा उम्मेदवार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन भनिएको छ ।  पत्र अनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेदवार सिफारिसका लागि जानकारी गराउनेछ ।

केन्द्रीय कार्यालय प्रमुख डा. भीष्म अधिकारीका अनुसार बुधबार दुवै कमिटीलाई पत्राचार गरेर भदौ १५ दिन भित्र उम्मेदवारको नाम पठाइसक्न निर्देशन गरिएको छ ।

मातहतका कमिटीबाट आएका नामलाई पार्टी केन्द्रीय सचिवालयले एकजनाको नाममा निर्णय गर्ने डा. अधिकारीले बताए ।

२०७९ साल मङ्सिर ४ गते भएको निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित राप्रपा सांसद दीपक बोहराको गत चैत १९ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ९ : २१ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल