प्रेस स्वतन्त्रताको रक्षामा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति देउवा | Khabarhub Khabarhub

प्रेस स्वतन्त्रताको रक्षामा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति देउवा


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।

नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश – ३ समितिले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्रको मेरुदण्ड नै प्रेस स्वतन्त्रता भएकाले यसको रक्षा र संरक्षणमा आफ्नो पार्टीले कुनै सम्झौता नगर्ने उल्लेख गरे ।

सो अवसरमा सभापति देउवाले रेडियो नेपालको दिपायल कार्यालयमा कामबाट हटाईएका तीन जना पत्रकारलाई तत्काल पुनःबहाली गर्न मागसमेत गरे । फरक प्रसङ्गमा उनले नेपालका आदिवासी–जनजातिमध्ये मगर समुदायको जनसङ्ख्या सबैभन्दा बढी भएकाले सोही अनुसार कांग्रेसले प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सत्तापक्ष दलकै निर्देशनमा आफ्नो पार्टीमाथि एकपछि अर्को आक्रमणका घट्ना भएको आरोप लगाउँदै घटनाका अपराधीलाई कारवाही नगरे कांग्रेस चुप लागेर नबस्ने बताए । उनले संविधानले अङ्गिकार गरेका बहुलवाद, बहुदलीय लोकतन्त्रलगायतका मूलभूत व्यवस्थामाथि सरकारबाटै खतरा देखिएको आरोप लगाए ।

महामन्त्री डा शशाङ्क कोइरालाले ठूलो सङ्घर्षले ल्याएको संविधानको वर्तमान सरकारले प्रभावकारी कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै संविधानअनुसार प्रदेश र स्थानीय तहलाई बजेट नदिएको जिकिर गरे । साथै उनले कांग्रेस नेतत्वको सरकारले विगतमा शिक्षा, स्वास्थ्य, सञ्चार, पूर्वाधार विकास, यातायात, पर्यटनलगायत क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी गर्दै आगामी दिनमा कृषिको व्यवसायिकरणमा लाग्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरी, पूर्व राज्यमन्त्री उदयशम्शेर राणा, सिन्धुलीका पार्टी सभापति उज्वल बराल, मगर सङ्घका केन्दीय अध्यक्ष ओम थापा मगर, नेता मोहनप्रसाद बराललगायतले लोकतन्त्रको रक्षाका लागि कांग्रेस सुदृढिकरण र एक ढिक्का हुनुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ५ : ३५ बजे

जलेको घाउ मेटाउने प्रयास गर्दै सिंहदरबार (तस्बिरहरू)

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

विष्णु रिजालको चिन्ता : आसनग्रहण गराउन युवा पनि भेटिँदैनन्, जेन–जी त परको कुरा

काठमाडौँ-नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी कार्यक्रममा युवाको उपस्थिति

माफी माग्दै सुहाङले भने- यो अवस्था आउनुमा मेरो पनि अलिकति भूमिका रह्यो होला

काठमाडौँ- नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले भदौ २३ र

तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै

दोधारा चाँदनी- बाढीका कारण दोधारा–चाँदनीको कुतियाकवरको डेढ बिघा खेतीयोग्य जग्गा कटान

‘लोकतन्त्रमा बदलाको भावना र कुण्ठाले नभई कानुनको शासन बाहिर जानेलाई दण्डित गर्नुपर्छ’

काठमाडौं– गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको विषम