पुसभित्र सबै स्थानीय तहमा बैंक पुग्छन् : अर्थमन्त्री खतिवडा « Khabarhub

पुसभित्र सबै स्थानीय तहमा बैंक पुग्छन् : अर्थमन्त्री खतिवडा


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- अर्थमन्त्री डा युवराज खतिवडाले आउँदो पुस मसान्तभित्र मुलुकका सबै स्थानीय तहमा बैंकिङ सेवा पुग्ने दावी गरेका छन् ।

पनौती नगरपालिका–४ स्थित अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैंकिङ सेवा पुर्‍याउन बाँकी १७ स्थानीय तहमा पुस मसान्तभित्र स्थापना गरिने बताए ।

उनले भने, “मुलुकका प्रत्येक स्थानीय तहमा बैंकको सेवा पुग्नैपर्छ, अब पुस मसान्तभित्र पुर्‍याइसक्नेछौँ ।” विसं १९९४ देखि २०७४ सालसम्म मुलुकमा पाँच हजार बैंक शाखा रहेकामा वर्तमान सरकारले नौ हजार ८५० पुर्‍याएको उनले जानकारी गराए । मन्त्री खतिवडाले बैंक, लघुवित्त सहकारी, जुनसुकै वित्तीय संस्थालाई मात्रात्मकबाट गुणात्मकतामा लैजानुपर्नेमा जोड दिए ।

“सङ्ख्याको विस्तारलाई रुपान्तरण गरी सरकार जोडबलका साथ वित्तीय संस्था ‘मर्ज’ गर्ने विषयमा लागेको छ”, उनले भने । उनले १० वर्षसम्म सञ्चालन भई १० वटा पनि शाखा विस्तार गर्न नसक्ने बैंकले ग्रामीण भेगका जनतालाई सेवा दिन नसक्ने भएकाले तिनीहरुको औचित्य नभएको बताए ।

मन्त्री खतिवडाले नेपालसँग अब आफैँ वित्तीय सेवा हाक्नसक्ने सामर्थ्य भएको जानकारी गराए । उनले भने, “अब स्थानीय र प्रदेश तहमा वित्तीय सेवा परिचालन गर्न संयन्त्र बनाउने, कानून निर्माण, सङ्घीय संरचना अनुसार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, बीमा ऐन र धितोपत्र ऐन संशोधनको प्रक्रियामा छन्, यसपछि वित्तीय प्रणालीमा निकै सुधार हुनेछ ।”

मुलुकमा गरिबीको रेखामुनि रहेका करिब ११ लाख जनसङ्ख्यालाई स्वरोजगारी वा अन्य कुनै ज्याला व्यवसायमा संलग्न गराई अबका तीन वर्षमा शून्य बनाउने गरी सरकार लागेको उनले बताए ।

मन्त्री खतिवडाले ठूलो वित्तीय संस्था गाउँघर पुग्न नसक्दा मध्यम र साना व्यवसायीका लागि लघुवित्तीय संस्थाको अवधारणा ल्याएको स्मरण गराउँदै लघुवित्तीय मुनाफारहीत हुनुपर्नेमा जोड दिए ।

उनले सामुदायिक वन ऐनमा सङ्घीय सरकारले साल र खयरलाई समुदाय भन्दा बाहिर बिक्री गर्दा १० प्रतिशत कर लगाउने बोहक अन्य कुनै पनि कर नलगाएको र स्थानीय, प्रदेश तथा सङ्घमा कुनै प्रकारको दोहोरो कर नलगाइएको स्पष्ट पारे । अवसरमा संस्थाका अध्यक्ष बाबुराम थापाले हाल १० जिल्लाका १६ स्थानमा तथा आगामी पाँच वर्षमा ४३ जिल्लामा ६० शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ६ : २२ बजे

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा