एमालेले गर्‍यो मार्तडी बजार सरसफाइ, ठाउँ ठाउँमा स्वागत गेट  « Khabarhub

एमालेले गर्‍यो मार्तडी बजार सरसफाइ, ठाउँ ठाउँमा स्वागत गेट 


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

धनगढी– धर्तीको भू-स्वर्ग बडीमालिका धार्मिक यात्रा २०८२ को मौसम चलिरहेको छ । यही अवसर पारी स्वागत गर्ने, सत्कार गर्ने र स्वमंसेवी भावनाले साथ सहयोग गर्ने क्रम बढिरहेको छ । 

कसैले ब्यानर गेटमार्फत स्वागत गरिरहेका छन् । भने कसैले पानी, खाना, खाजा दिएर स्वागत सत्कारको क्रम बढिरहेको छ ।

यात्रालाई थप उत्साही र भव्य बनाउने उद्देश्यले विभिन्न गतिविधि भइरहेका छन् । यही क्रममा नेकपा एमाले बडीमालिका नगर कमिटीले बजार सरसफाइ गरेको छ । 

तीर्थ यात्राका क्रममा आउने यात्रुहरूका लागि सफा सुग्घर मार्तडीले स्वागत गर्ने गरी सरसफाइ गरिएको नगर कमिटी अध्यक्ष राजेश पायल विकले जानकारी दिएका छन् ।

नगर कमिटीमा आबद्ध नेता कार्यकर्ताहरूले सदरमुकाम मार्तडीमा बर्सादको पानीले बढेको हिजो र फोहरलाई उठाएर सरसफाइ गरेको हो । 

बडीमालिका र बुढीनन्दा धार्मिक यात्राका लागि सबैजसो मार्तडी भएर नै जाने गरेका छन् । बडीमालिका जान त्रिवेणीको छतारा, कैलाशमाडौं, बडीमालिकाको मना, कोर्ध, बुढीनन्दाको पोरखे र जगन्नाथको लेकबाट पनि बाटो छ । केहीले त्यो बाटो भएर पनि बडीमालिका जाने गरेका छन् ।

तर अधिकांश तिर्थालुहरूले मार्तडी भएरै जाने गरेको पाइन्छ । बिहानैदेखि ५० बढीको संख्यामा नेता कार्यकर्ताहरूले मार्तडी बजारको सरसफाइ गरेको नगर कमिटी अध्यक्ष राजेश पायल विकले जानकारी दिएका छन् । सरसफाइ कार्यमा एमाले नौ नम्बर वडा कमिटीका नेता कार्यकर्ता पनि सहभागी थिए । 

रचनात्मक र आवश्यक कामका लागि नगर कमिटीको सक्रियतालाई नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले धन्यवाद दिएका छन् । आफ्नै सक्रियताले हुने धेरै काम नगर्ने हाम्रो प्रवृत्तिका विरुद्ध नगर कमिटीले रचनात्मक काम गरेर देखाएको र निरन्तरता हुनु पर्ने ओलीको सुझाव छ ।

बडीमालिका धार्मिक यात्रा विशेष जिल्लामा ठाउँ ठाउँमा गेट निर्माण भइरहेका छन् । स्थानीय तहले आफ्नो पालिका क्षेत्रमा गेट निर्माण गरेका छन् । 

यस्तै नेकपा एमाले बुढीगंगा १, २ र ३ नम्बर नगर कमिटीले बल्देमा स्वागत गेट निर्माण गरेको छ । २ नम्बर वडा कमिटीका अध्यक्ष रमेश थापाको नेतृत्वमा गेट निर्माण गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य गणेश थापाले बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल बाजुराले स्वयम सेवक परिचालन गर्ने भएको छ । युवा संघको तर्फबाट तीर्थ यात्री र पर्यटकहरूलाई सहजताका लागि ३० जना बढी स्वयम परिचालन गरिने जिल्ला संयोजक विष्णु कार्कीले जानकारी दिएका छन् । 

संयोजक कार्कीका अनुसार युवा संघका केन्द्रीय उपाध्यक्ष विनय शाह नेतृत्वमा टिम बडीमालिका जान लागेको बताएका छन् । टिममा युवा संघका केन्द्र, प्रदेश र जिल्लाका नेताहरू पनि सहभागी हुनेछन् । ती बाहेक थप ३० जना स्वयम सेवक खटाइने कार्कीको दाबी छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ६ : १९ बजे

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट