अर्थसंक्षेप : नेप्से ३१.५० अंकले घट्यो, १५ अर्ब बढीको कारोबार, विद्युत् उत्पादनमा निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने र ट्राफिक कारबाहीबाट साढे दुई करोड उठ्यो | Khabarhub Khabarhub

अर्थसंक्षेप : नेप्से ३१.५० अंकले घट्यो, १५ अर्ब बढीको कारोबार, विद्युत् उत्पादनमा निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने र ट्राफिक कारबाहीबाट साढे दुई करोड उठ्यो


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ट्राफिक कारबाहीबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा दुई करोड ४१ लाख ४५ हजार ५४ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आव २०८१–८२ मा ट्राफिक नियम उल्लङ्घन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम सङ्कलन भएको हो ।

आव २०८०–८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई कारबाही गरेर तीन करोड ६९ लाख ६७ हजार राजस्व सङ्कलन भएको थियो । मकवानपुरमा आव २०८१–८२ मा भएका ४०७ सवारी दुर्घटनामा ५० जनाको मृत्यु भएको तथा ९६५ जना घाइते भएका थिए ।

विद्युत उत्पादनमा निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने माग 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने

आर्थिक अभावमा जोङलुङ गुम्बा पुनर्निर्माण अधुरै

३१.५० अंकले घट्यो नेप्से, १५ अर्ब बढीको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शेयर कारोबारको अन्तिम दिन बिहीबार ३१.५० अंकले घटेको छ । आज नेप्सेमा १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार बराबरको कारोबार हुँदा नेप्सेको पुँजीकरण समेत १.०६ प्रतिशतले घटेको हो ।

नेप्सेमा आज भएको शेयर कारोबारमा १९८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट भयो भने ५२ वटा कम्पनीको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

आजको शेयर कारोबारमा ट्रेड टावर लिमिटेडको शेयर कारोबार गर्ने कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

भायानेटको स्वतन्त्र संचालकमा बैंकर क्षेत्री नियुक्त

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार 

म्याग्दीका तीस ग्रामीण सडकको स्तरोन्नति

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ७ : ०२ बजे

अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको

१६औँ शताब्दीको ‘सौगा हिटी’ सरसफाइ र रङ्गरोगन

ललितपुर– भित्ताभरि झ्याउ अनि पानी भरिएर पोखरी जस्तो बनेको पाटन

पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको पाँचौँ टेस्टमा कम ब्याक गरेको छ

पत्रकारलाई सञ्चारमन्त्रीको आग्रह– ‘मिडिया काउन्सिल विधेयकमा ‘इमोसनल’ नहुनुहोस्’

काठमाडौं– सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया काउन्सिल

काठमाडौं–तराई ‘फास्ट ट्रयाक’ निर्माण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको