च्याङ्ग्रा प्रतिकिलो ७ सय ८० मा बिक्री « Khabarhub

च्याङ्ग्रा प्रतिकिलो ७ सय ८० मा बिक्री


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- दशैँका लागि मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको मूल्य यसवर्ष बढेको छ । खसीको मासुको मूल्य वृद्धि भएसँगै च्याङ्ग्राको मासुको पनि मूल्य वृद्धि भएको हो ।

यस वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु ७८० मा मूल्य निर्धारण गरेर बिक्री शुरु गरेको व्यापारी सनम लामाले बताए ।

हिमाली भेगबाट आयात हुने भेडा र च्याङ्ग्रा जडीबुटी खाएर हुर्कने तथा यसको मासु स्वस्थकर हुने विश्वासले उपभोक्ताले च्याङ्ग्राको मासु रोज्न थालेपछि मूल्य वृद्धि भएको हो ।

मासुका लागि प्रयोग गर्न भारतबाट उच्चरुपमा खसीबोका आयात हुने गरे पनि यस वर्ष खसीमा स्वास्थ्य परीक्षण गरेर मात्रै आयात गर्नुपर्ने भएपछि खसीबोका आयात घटेको छ ।

खसीबोकाको आयात घटेसँगै यस वर्षको दशैँमा खसीबोकासँगै च्याङ्ग्राको मूल्य पनि वृद्धि भएको व्यापारी बताउँछन् ।

विगत १८ वर्षदेखि भेडा र च्याङ्ग्रा व्यापार गर्दै आएका व्यापारी पशुपति सिलवालले प्रदेशदेखि स्थानीय तहसम्मका सरकारलाई कर बुझाउन परेकाले पनि मूल्यमा वृद्धि भएको बताए ।

मुस्ताङबाट म्यादी, पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ, काठमाडौँ हुँदै भक्तपुरको सल्लाघारीसम्म भेडा र च्याङ्ग्रा ल्याउँदा आधा दर्जनभन्दा धेरै स्थानमा कर तिर्नु परेको व्यापारीको भनाइ छ ।

केन्द्रीय सरकारले खसीबोका र भेडा, च्याङ्ग्रामा कर नलिन आग्रह गरे पनि स्थानीय सरकारले अटरे गरेपछि त्यसको प्रत्यक्ष मारमा भने आम सर्वसाधारण पर्ने भएका छन् ।

सल्लाघारीमा मङ्गलबार र बुधबार पनि व्यापारीले भेडा, च्याङ्ग्रा ल्याउँदै छन् । भक्तपुरमा मात्रै यस वर्ष २००० दुई हजार बढी भेडा, च्याङ्ग्रा ल्याइने व्यापारीले जनाएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ६ : ५० बजे

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई

होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी

लन्डन– स्ट्रेट अफ होर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्यांकर

ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको

हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं- राष्ट्रियसभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा,

राष्ट्रियसभामा कृषिमन्त्रीको जवाफ- अहिलेसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसक्यो

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हालसम्म ५ लाख