पाकिस्तानको बलोचिस्तानमा शिक्षाको अवस्था दयनीय, साक्षरता दर ४० प्रतिशत मात्रै रहेको अध्ययनको निष्कर्ष | Khabarhub Khabarhub

पाकिस्तानको बलोचिस्तानमा शिक्षाको अवस्था दयनीय, साक्षरता दर ४० प्रतिशत मात्रै रहेको अध्ययनको निष्कर्ष


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलोचिस्तान प्रान्तमा साक्षरता दर अत्यन्त न्यून रहेको पाइएको छ । बलोचिस्तान विद्यार्थी कार्यसमिति (बीएसएसी) ले प्रान्तको साक्षरता दर केबल ४० प्रतिशत आसपास रहेको जनाएको हो । बीएसएसीले प्रान्तको राजधानी क्वेटामा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।

विगत ४ वर्षको विस्तृ अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको बीएसएसीले जनाएको छ । अध्ययनबाट प्रान्तका ९५ प्रतिशत विद्यालयमा खानेपानी, विद्युत्, पर्खाल, शौचालय र पाठ्यपुस्तकजस्ता आधारभूत सुविधा पनि नभएको पाइएको बीएसएसीले उल्लेख गरेको छ ।

उक्त पत्रकार सम्मेलनमा प्रान्तका ७० प्रतिशतभन्दा धेरै विद्यालय पूर्ण रुपमा ‘काम नलाग्ने’ अवस्थामा रहेको जानकारी दिइयो । विगत ७ दशकमा प्रान्तले राजनीतिक, सामाजिक र आर्थिक समस्या झेल्दै आएको र त्यसैको प्रभाव शिक्षा क्षेत्रमा परेको बीएसएसीले जनाएको छ ।

केन्द्र सरकारले प्रान्तबारे सधैँ सकारात्मक प्रचार गर्दै आएको भएपनि यथार्थमा अवस्था भने दयनीय रहेको बीएसएसीलाई उद्धृत गर्दै बलोचिस्तान पोस्टले जनाएको छ । अझ प्रान्तका दुर्गम क्षेत्रमा शिक्षाको अवस्था झन् दयनीय रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ८ : ४५ बजे

भेन्चर हायर पर्चेजले आइपीओ निष्काशन गर्ने

काठमाडौं – भेन्चर हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि सधारण शेयर

सिटी होलटले हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं– सिटी होटल लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

भोजन लिपि स्वादले नेपाली-थाई मित्रतालाई महत्त्व दिएको छः मन्त्री खड्का

भक्तपुर – ऊर्जा, जलस्रोत र सिंचाई मन्त्री दीपक खड्काले नेपाली

म्याग्दीमा २३ हेक्टरमा सिँचाइ सुविधा विस्तार

म्याग्दी– राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामार्फत आर्थिक वर्ष २०८१–०८२ मा म्याग्दी,

रिभर फल्स पावरले हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं – रिभर फल्स पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने