फिजीले भारतको सहयोगमा एक सय शैय्याको विशेषज्ञ अस्पताल निर्माण गर्ने « Khabarhub

फिजीले भारतको सहयोगमा एक सय शैय्याको विशेषज्ञ अस्पताल निर्माण गर्ने


१५ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित टापु राष्ट्र फिजीले भारतको सहयोगमा नयाँ अस्पताल निर्माण गर्ने भएको छ । फिजीका उपप्रधान एवम् अर्थमन्त्री प्राध्यापक विमन प्रसादले भारतको सहयोगमा १ सय शैय्याको विशेषज्ञ अस्पतालको निर्माणकार्य चाँडै शुरु हुने बताएका हुन् ।

फिजीको राजधानी सुभामा आयोजित ट्रेड युनियन कंग्रेसको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री प्रसादले पछिल्लो समय आफ्नो मुलुकमा स्वास्थ्य उपचारको अवस्था अझ खराब बन्दै गएको स्वीकार गरे । अहिलेभन्दा सन् ७०, ८० र ९० को दशकमा फिजीको स्वास्थ्य सेवा राम्रो रहेको भन्ने विश्व बैंकको प्रतिवेदनलाई उद्धृत गर्दै उनले आफ्नो सरकारले स्वास्थ्य सेवालाई विशेष प्राथमिकतामा राखेको पनि जानकारी दिए ।

द अस्ट्रेलिया टुडेका अनुसार उनले अबको पाँचदेखि सात वर्षमा फिजीको स्वास्थ्य प्रणाली ‘प्रथम स्तरको’ हुने पनि दाबी गरे । उनले देशभर रहेका अस्पताल र स्वास्थ्य सेवा केन्द्रको स्तरोन्नति र मर्मतमा सरकारले विशेष ध्यान दिइरहेको पनि जानकारी दिए ।

हाल अस्ट्रेलिया सरकारको सहयोगमा कदाभु क्षेत्रमा रहेको भुनिसा अस्पतालको स्तरोन्नति भइरहेको र राजधानी सुभामा रहेको कोलोनियल वार मेमोरियल अस्पतालको जिर्णोद्दारको काम पनि जारी रहेको उनको भनाइ छ । उनले हाल मुलुकभर २७ वटा स्वास्थ्य पूर्वाधार निर्माणको परियोजना सञ्चालन भइरहेको उक्त अवसरमा जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ९ : ०२ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको