एनपीएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख फाइदा « Khabarhub

एनपीएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख फाइदा


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)बाट करिब २ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ। सोमबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तुत गरिएको आय–व्यय विवरणमा गहन छलफल गर्दै अन्तिम अनुमोदन अर्को बैठकबाट हुने जनाएको छ।

क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार एनपीएलको कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ रहेको छ। कुल खर्च भने २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ पुगेको छ। त्यसअनुसार एनपीएलको राजस्व बाँडफाँडअघि कुल नाफा ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ रहेको थियो।

यस नाफाबाट ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ आठवटा फ्रेन्चाइज टोलीहरूलाई वितरण गरिएको छ। प्रदेशस्तरका क्रिकेट संघहरूलाई समेत ७० लाख रुपैयाँ बाँडफाँड गरिएको छ। बाँकी २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानको खातामा रहेको छ।

क्यान प्रवक्ता छुम्बी लामाले विज्ञप्तिमार्फत जानकारी दिँदै एनपीएल परिचालन परिषदले प्रस्तुत गरेको पहिलो संस्करणको आय–व्यय विवरण अध्ययनपछि आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गरिने बताएका छन्।

यससँगै क्यानले एनपीएलको सफल सुरुआतसँगै संस्थागत आम्दानी बढाउने दिशामा ठोस पाइला चालेको संकेत गरेको छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ९ : ०९ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद