वीरेन्द्रनगरमा ३५० सिसी क्यामेरा जडान गर्न सहमति « Khabarhub

वीरेन्द्रनगरमा ३५० सिसी क्यामेरा जडान गर्न सहमति


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशको राजधनी सुर्खेतमा विभिन्न चोरी तथा अपराधका घटना बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाको अगुवाइमा ३५० सिसी क्यामेरा जडानको काम सुरु भएको छ ।

वीरेन्द्रनगर नगरपालिकाले सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका क्षेत्रमा सिसी क्यामेरा जडानको प्रक्रिया सुरु गरेसँगै अपराध नियन्त्रण र शान्तिसुरक्षाका क्षेत्रमा प्रहरीलाई काम गर्न सहज हुने भएको छ । बिहीबार नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा ३५५ स्थानमा सिसी क्यामेरा जडानको प्रक्रिया थालेको हो ।

वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालयबीच त्रिपक्षीय सम्झौता भएको हो । उक्त सम्झौताअनुसार पहिलो चरणमा ६ महिनाभित्र १०५ स्थानमा सिसी क्यामेरा जडान गरी सञ्चालनमा ल्याइने छ । दोस्रो चरणमा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै थप २५० स्थानमा आवश्यकताका आधारमा यसै वर्षभित्र सिसी क्यामेरा जडान गरिने नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

नगरपालिकासँग भएको समझदारीपत्रमा टेलिकमले अप्टिकल फाइबरसहितको सिसी क्यामेरा र ‘वाइफाई हटस्पट’ जडान गर्नुपर्ने छ । यस्तै, वीरेन्द्रनगर नगरपालिकालाई डिजिटल पालिकाका रुपमा विकास गर्न नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा नगरका विभिन्न क्षेत्र स्थानमा शान्तिसुरक्षा र अमनचैन कायम गर्ने उद्देश्यले विभिन्न वडा, राजमार्ग तथा पर्यटकीयस्थल समेटिने गरी चालु आर्थिक वर्ष २०८२/८३ भित्र ३५५ स्थानमा सिसी क्यामेरा जडान नगरपालिकाबाट हुनेछ । यसरी जडान भएका क्यामेरालाई चौबिसै घण्टा सञ्चालनमा ल्याउन टेलिकमले अप्टिकल फाइबरसहितको सेवा दिनुपर्नेछ ।

साथै टेलिकमले हाललाई वीरेन्द्रनगर नगरपालिकाको प्राङ्गण र वडा नं ६ र ८ स्थित घण्टाघरको प्राङ्गण वरिपरिका दुई स्थानमा वाइफाई हटस्पट बनाउन इन्टरनेट जडान गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नगरका विभिन्न क्षेत्रमा जडान हुने सिसी क्यामेरा सञ्चालन तथा व्यवस्थापन नेपाल टेलिकमले आफ्नै फाइबरमार्फत गर्ने छ भने जिल्ला प्रहरी कार्यालयले चौबिसै घण्टा निगरानी गर्नेछ ।

यस्तै, नगरपालिकाले सञ्चालन, व्यवस्थापन तथा आवश्यक मर्मतसम्भार गर्नेछ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रमा सिसी क्यामेरा जडानका लागि रु ११ लाख ६९ हजार बजेट व्यवस्थापन गरेको छ ।

टेलिकमसँग भएको सम्झौताअनुसार वीरेन्द्रनगरको घण्टाघर र विश्वविद्यालय आसपासको क्षेत्रलाई शान्तिक्षेत्र बनाएर अध्ययन तथा अनुसन्धानस्थल निर्माण गरी प्रविधिमा आधारित सिर्जनशील तथा नवप्रवद्र्धनात्मक कार्य गर्न निःशुल्क वाइफाइ जडान गर्न लागिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुधीरराज शाहीले नगर क्षेत्रमा जडान गरिने सिसी क्यामेराबाट शान्तिसुरक्षा मजबुद बनाउन सघाउ पुग्ने बताए ।

– रासस

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १ : १७ बजे

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव

नारामा सीमित क्षयरोग दिवस: हरेक वर्ष १६ हजारको मृत्यु, मधेश सबैभन्दा बढी प्रभावित

काठमाडौँ – आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी– डोटीको आदर्श गाउँपालिका– ६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची

पुरानो नियुक्ति खाएकालाई चन्द्र भण्डारीको सुझाव- अब लामो सास नफेर

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ सरकार आएसँगै

रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति