क्यानमाथि लागेको प्रतिबन्ध छिट्टै फुकुवा हुन्छ : अध्यक्ष चन्द | Khabarhub Khabarhub

क्यानमाथि लागेको प्रतिबन्ध छिट्टै फुकुवा हुन्छ : अध्यक्ष चन्द


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा गर्ने विश्वास व्यक्त गरेका छन् ।

आइसिसीकै सल्लाह र निर्देशनानुसार काम भइरहेको बताउँदै अध्यक्ष चन्दले आइसिसीको अक्टोबरमा बस्ने बैठकले क्यानमाथिको प्रतिबन्ध छिट्टै हट्नसक्ने सोमबार आयोजित एक कार्यक्रममा बताए ।

क्रिकेट विकासका लागि गृहकार्य थालिएको भन्दै अध्यक्ष चन्दले भने, “निलम्बन फुकुवाको लागि हामीले पत्राचार गरिरहनुपर्दैन्, नेपाली क्रिकेटको निकासलाई आइसिसीले दिएको रोडम्याप अनुसार नै हामीले काम पूरा गरेका छौं । आइसिसीकै निगरानीमा निर्वाचन भएकाले निलम्बन चाँडै फुकुवा हुने विश्वास छ ।”

अध्यक्ष चन्दले आगामी दिनमा क्रिकेट क्षेत्रको विकास र विस्तारको लागि योजनाबद्ध ढङ्गले अघि बढ्ने उल्लेख गर्दै चाँडोभन्दा चाँडो खेल मैदान निर्माण गर्नको लागि सरकार, राष्ट्रिय खेलकूद परिषद (राखेप), प्रदेश सरकार र स्थानीय सरकारसँग अनुरोध गर्ने बताए ।

उनले राम्रो खेल मैदान भएपछि राम्रो क्रिकेट प्रतियोगिता हुने र राम्रो प्रतियोगिता भएपछि खेलाडीले पनि राम्रो र उत्कृष्ट प्रदर्शन गर्ने बताउँदै सरकारसँग खेलमैदानको लागि सहकार्य गरेर अघि बढ्ने उल्लेख गरे ।

क्यानको सिईओ पनि प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने अध्यक्ष चन्दको भनाइ छ । “आइसिसीले हामीसँग आर्थिक पारदर्शीता, चुस्त प्रशासन सञ्चालनका लागि सिइओ राख्नुपर्ने शर्त राखेको छ । हामी आइसिसीको शर्तमा रहेर काम गर्छौं”, उनले भने ।

अध्यक्ष चन्दले यही वर्ष देशकै ठूलो नेपाल प्रिमियर लिग (एनपिएल) समेत आयोजना गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १० : ०२ बजे

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।

‘तिहारले जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाँध्ने प्रयत्न गरेको छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

तिहार पर्वले भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्छः उपराष्ट्रपति

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’को भावनालाई चरितार्थ

‘अन्धकारको अन्त्य गर्दै नेपालको उज्यालो भविष्य निर्माणमा एकजुट होऔं’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा