आज २०८२ साल साउन १७ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन १७ गते शनिबारको राशिफल


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन शुक्ल पक्षको अष्टमी उपरान्त नवमी तिथि। तदनुसार सन् २०२५ अगष्ट २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा गरेको व्यापार बढ्नेछ। शिक्षामा गरेको मिहिनेत सफल हुनेछ। सम्पत्ति जोड्ने अवसर मिल्नेछ। परिवारमा मेलमिलाप बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृष : दिन सामान्य छ। लगानी गर्दा सचेत बन्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सम्पत्तिको दौडमा लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारसँग सचेत हुनु्पर्ने समय छ।

मिथुन : दिन राम्रो छ। महत्त्वपूर्ण निर्णय हुनेछ। आफन्तले भन्दा बाहिरका साथीको साथ मिल्नेछ। शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारीको क्षेत्रबाट नाफा हुनेछ। परिवारसँग सचेत भएर व्यवहार गर्नु राम्रो हुन्छ।

कर्कट : दिन सामान्य छ। लगानी गरेको घए घाटा हुने जोखिम छ। लगानी गर्नै परेमा सहकार्य गर्नु उचित हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा भने थप मिहिनेत गर्नुपर्ने दिन छ।

सिंह : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। विपक्षी साथी शान्त भएकाले दैनिक काम सहज बन्नेछ। दाम्पत्य जीवनमा खटपटी बढ्नेछ। काम गर्दा सचेत बन्नुपर्ने दिन छ।

कन्या : दिन राम्रो छ। अरुको विवादले फाइदा हुनेछ। सम्पत्तिको संरक्षण गर्नु उचित हुन्छ। राजनीतिमा प्रगति हुनेछ। जग्गाको कारोबारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। विरोधीसँग सचेत बन्नुपर्नेछ। राजनीतिक क्षेत्रमा विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। संकटमा परिवारको साथ मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। मन शान्त बन्नेछ। दिन सहज ढंगले बित्नेछ। शिक्षामा प्रगति हुनेछ। धार्मिक क्षेत्रमा सक्रिय भएमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन सामान्य छ। यात्रामा भए समय र सम्पत्ति दुवै खर्च हुनेछ। विपक्षीको घेराबन्दीमा पर्ने जोखिम छ। परिवारका ज्येष्ठ नागरिकबाट आर्शिवाद लिएर कामको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मकर : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। राज्यको माथिल्लो निकायबाट साथ र सहयोग प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। स्वदेशमै रोजगारीको अवसर प्राप्त हुनेछ।

कुम्भ : दिन सामान्य छ। मन अशान्त बन्नेछ। दैनिक काममा अवरोध हुनेछ। स्वास्थ्यमा गरेको लगानी डुब्ने जोखिम छ। धार्मिक र राजनीतिक क्षेत्रमा उन्नति हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मीन : दिन सामान्य छ। श्रम शोषण गर्ने साथी सक्रिय छन्। धर्मप्रति विरोधी विचार सिर्जना हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर गरेको काम सफल बन्ने योग छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ५ : १६ बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा