आज २०८२ साल साउन १७ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल साउन १७ गते शनिबारको राशिफल


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन शुक्ल पक्षको अष्टमी उपरान्त नवमी तिथि। तदनुसार सन् २०२५ अगष्ट २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा गरेको व्यापार बढ्नेछ। शिक्षामा गरेको मिहिनेत सफल हुनेछ। सम्पत्ति जोड्ने अवसर मिल्नेछ। परिवारमा मेलमिलाप बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृष : दिन सामान्य छ। लगानी गर्दा सचेत बन्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सम्पत्तिको दौडमा लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारसँग सचेत हुनु्पर्ने समय छ।

मिथुन : दिन राम्रो छ। महत्त्वपूर्ण निर्णय हुनेछ। आफन्तले भन्दा बाहिरका साथीको साथ मिल्नेछ। शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारीको क्षेत्रबाट नाफा हुनेछ। परिवारसँग सचेत भएर व्यवहार गर्नु राम्रो हुन्छ।

कर्कट : दिन सामान्य छ। लगानी गरेको घए घाटा हुने जोखिम छ। लगानी गर्नै परेमा सहकार्य गर्नु उचित हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा भने थप मिहिनेत गर्नुपर्ने दिन छ।

सिंह : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। विपक्षी साथी शान्त भएकाले दैनिक काम सहज बन्नेछ। दाम्पत्य जीवनमा खटपटी बढ्नेछ। काम गर्दा सचेत बन्नुपर्ने दिन छ।

कन्या : दिन राम्रो छ। अरुको विवादले फाइदा हुनेछ। सम्पत्तिको संरक्षण गर्नु उचित हुन्छ। राजनीतिमा प्रगति हुनेछ। जग्गाको कारोबारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। विरोधीसँग सचेत बन्नुपर्नेछ। राजनीतिक क्षेत्रमा विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। संकटमा परिवारको साथ मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। मन शान्त बन्नेछ। दिन सहज ढंगले बित्नेछ। शिक्षामा प्रगति हुनेछ। धार्मिक क्षेत्रमा सक्रिय भएमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन सामान्य छ। यात्रामा भए समय र सम्पत्ति दुवै खर्च हुनेछ। विपक्षीको घेराबन्दीमा पर्ने जोखिम छ। परिवारका ज्येष्ठ नागरिकबाट आर्शिवाद लिएर कामको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मकर : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। राज्यको माथिल्लो निकायबाट साथ र सहयोग प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। स्वदेशमै रोजगारीको अवसर प्राप्त हुनेछ।

कुम्भ : दिन सामान्य छ। मन अशान्त बन्नेछ। दैनिक काममा अवरोध हुनेछ। स्वास्थ्यमा गरेको लगानी डुब्ने जोखिम छ। धार्मिक र राजनीतिक क्षेत्रमा उन्नति हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मीन : दिन सामान्य छ। श्रम शोषण गर्ने साथी सक्रिय छन्। धर्मप्रति विरोधी विचार सिर्जना हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर गरेको काम सफल बन्ने योग छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ५ : १६ बजे

भियतनामसँग पराजित भएसँगै नेपाल एसियन कपबाट बाहिरियो

काठमाडौं – आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन

टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौं – नेपाली क्रिकेट टोली आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एक

खेरसोनमा राष्ट्रसङ्घको सहायता टोलीमाथि रूसी आक्रमण

किभ, युक्रेन – युक्रेनको आंशिक रूपमा रूसी नियन्त्रणमा रहेको खेरसोन

पोखरा-मुस्ताङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा

म्याग्दी – गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै

काठमाडौंँ – काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त