१६औँ शताब्दीको ‘सौगा हिटी’ सरसफाइ र रङ्गरोगन « Khabarhub

१६औँ शताब्दीको ‘सौगा हिटी’ सरसफाइ र रङ्गरोगन


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

ललितपुर– भित्ताभरि झ्याउ अनि पानी भरिएर पोखरी जस्तो बनेको पाटन दरवार स्क्वायर नजिकैको ‘सौगा हिटी’ सरसफाइ र रङ्गरोगन गरिएको छ ।

रोटरी न्यातपोल क्लबको अग्रसरतामा ललितपुर महानगरपालिका प्रहरी, सौगाल टोल सुधार समिति र मङ्गलबजार प्रहरी चौकीको सहकार्यमा सरसफाइ कार्यक्रम भएको हो ।

रोटरी न्यातपोलका प्रवीन महर्जनले हिटीमा करिब तीन फिट पानी जमेको र पहिलो चरणमा पानी निकालेर स्टिल ब्रस र प्रेसरपम्पले सफा गरेर रङ्गरोगन गरिएको बताए । उनले आवश्यक रङ केएनपी नेरोल्याकले सहयोग गरेको बताए ।

क्लबका अध्यक्ष विष्णुकान्त घिमिरेले यो केवल सफाइ मात्र नभई सांस्कृतिक सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र संस्कृति सम्पदा संरक्षण गर्ने अभियान भएको बताए । उनले भने, ‘यस वर्ष हामीले सांस्कृतिक सम्पदा संरक्षण, बालबालिका लक्षित सहयोग र किसानसँग सहकार्य गर्ने गरी विभिन्न योजना बनाएका छौँ, सौगा हिटी सरसफाइबाट यसको सुरुआत भएको छ ।’

क्लबको योजनामा आफ्ना पुर्खाले सिर्जेको सम्पदा संरक्षणको हिस्सा बन्न पाउँदा खुसी लागेको ललितपुर नगर प्रहरीका प्रमुख सिताराम हाछेथुले बताए ।

खानेपानी व्यवस्थापन गर्न १६औँ शताब्दीमा तत्कालीन राजा सिद्धिनरसिंह मल्लका भाइ रिद्धिनरसिंह मल्लद्वारा निर्माण गरिएको सौगा हिटी कलात्मक शिल्पकौशलको उत्कृष्ट उदाहरण हो ।

२०२२ सालमा तत्कालीन राजा महेन्द्रले हिटीको जिर्णोद्धार गराएका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ९ : १७ बजे

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको