१६औँ शताब्दीको ‘सौगा हिटी’ सरसफाइ र रङ्गरोगन | Khabarhub Khabarhub

१६औँ शताब्दीको ‘सौगा हिटी’ सरसफाइ र रङ्गरोगन


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

ललितपुर– भित्ताभरि झ्याउ अनि पानी भरिएर पोखरी जस्तो बनेको पाटन दरवार स्क्वायर नजिकैको ‘सौगा हिटी’ सरसफाइ र रङ्गरोगन गरिएको छ ।

रोटरी न्यातपोल क्लबको अग्रसरतामा ललितपुर महानगरपालिका प्रहरी, सौगाल टोल सुधार समिति र मङ्गलबजार प्रहरी चौकीको सहकार्यमा सरसफाइ कार्यक्रम भएको हो ।

रोटरी न्यातपोलका प्रवीन महर्जनले हिटीमा करिब तीन फिट पानी जमेको र पहिलो चरणमा पानी निकालेर स्टिल ब्रस र प्रेसरपम्पले सफा गरेर रङ्गरोगन गरिएको बताए । उनले आवश्यक रङ केएनपी नेरोल्याकले सहयोग गरेको बताए ।

क्लबका अध्यक्ष विष्णुकान्त घिमिरेले यो केवल सफाइ मात्र नभई सांस्कृतिक सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र संस्कृति सम्पदा संरक्षण गर्ने अभियान भएको बताए । उनले भने, ‘यस वर्ष हामीले सांस्कृतिक सम्पदा संरक्षण, बालबालिका लक्षित सहयोग र किसानसँग सहकार्य गर्ने गरी विभिन्न योजना बनाएका छौँ, सौगा हिटी सरसफाइबाट यसको सुरुआत भएको छ ।’

क्लबको योजनामा आफ्ना पुर्खाले सिर्जेको सम्पदा संरक्षणको हिस्सा बन्न पाउँदा खुसी लागेको ललितपुर नगर प्रहरीका प्रमुख सिताराम हाछेथुले बताए ।

खानेपानी व्यवस्थापन गर्न १६औँ शताब्दीमा तत्कालीन राजा सिद्धिनरसिंह मल्लका भाइ रिद्धिनरसिंह मल्लद्वारा निर्माण गरिएको सौगा हिटी कलात्मक शिल्पकौशलको उत्कृष्ट उदाहरण हो ।

२०२२ सालमा तत्कालीन राजा महेन्द्रले हिटीको जिर्णोद्धार गराएका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ९ : १७ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय