पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो « Khabarhub

पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रूपन्देहीको पर्रोहा बोलबम धाममा दर्शनार्थीको घुइँचो लागेको छ । 

यहाँ हरेक वर्ष श्रावणी मेलामा जलार्पणका लागि दर्शनार्थीको ठूलो भीड लाग्ने गर्छ । विशेष गरी साउन महिनाभरि पहेँलो बस्त्रधारी दर्शनार्थी यहाँ आउने गर्दछन् ।

प्राचीन शिवालय पर्रोहा बोलबम धाममा रहेको शिव ज्योर्तिलिङ्गमा हरेक वर्षको गुरूपूर्णिमादेखि जनैपूर्णिमासम्म जलार्पण गर्ने परम्परा छ । यहाँ जलार्पण गरे पाप नष्ट हुने, परिवारका सदस्यको दीर्घायु हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

धामका प्रमुख संरक्षक आचार्य किशोरकुमार गौतमले सोमबार मात्र नभएर अन्य दिनमा ठूलो सङ्ख्यामा भक्तजनले गङ्गाजल अर्पण गर्ने गरेको बताए। साउन महिनामा ज्योर्तिलिङ्गमा गङ्गाजल र बेलपत्र जस्ता सामग्रीले पूजा गरेमा भगवान् शिव खुसी भई मनोकांक्षा पूरा गरिदिने जनविश्वास छ ।  

उक्त ज्योर्तिलिङ्गमा अर्पण गर्न कपिलवस्तुको लक्ष्मणघाट, गुल्मीको कालिगण्डकी, चितवनको देवघाट र नवलपरासीको त्रिवेणीघाटबाट गङ्गाजल ल्याउने चलन छ । काँवरमा  गङ्गा जल बोकेर कोही पैदल त कोही सवारीसाधनमा बोलबमको नारा लगाउँदै हिँडेका बोलबम यात्रीहरूले यस क्षेत्रलाई रमाइलो बनाएका छन् । 

यहाँ मेला भर्न रूपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पाका अतिरिक्त फाटफुट रुपमा पूर्वको मेचीदेखि पश्चिमको महाकाली एवं राजधानीबाट भक्तजन आउने गर्दछन् । भारतको उत्तरप्रदेश र बिहार क्षेत्रबाट भक्तजन आउने गर्दछन् । यहाँ अहिले पहेँलो बस्त्र, ग्यालन, फलफूल र पूजा सामग्रीको व्यापार फस्टाएको छ ।  
 
यो स्थान बुटवलदेखि १५ किलोमिटर पश्चिममा रानीबगिया भन्ने ठाउँबाट दुई किमी दक्षिणमा पर्दछ । बोलबम व्यवस्थापन समितिको आह्वानमा अघिल्लो सोमबार सैनामैना नगरका भक्तजनले कपिलवस्तुको पवित्र बाणगङ्गाको जल ल्याइ पर्रोहा परमेश्वर धाममा जलार्पण गरेको समितिका अध्यक्ष चित्रबहादुर कार्कीले बताए। 

आगामी सोमबार भने गुल्मीको प्रसिद्ध तीर्थस्थल रुरु क्षेत्रमा पुगेर कालीगण्डकीको जल ल्याएर जलार्पण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए। 

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ३ : ४२ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ