हिरु केसी हत्या प्रकरण : पसलमा ग्राहक बनेर आउनेहरु नै हत्यारा | Khabarhub Khabarhub

हिरु केसी हत्या प्रकरण : पसलमा ग्राहक बनेर आउनेहरु नै हत्यारा


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने ५५ वर्षीया कमला भन्ने हिरु केसीको हत्यामा संलग्न पाँचजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले भदौ ३१ गते राति कपनस्थित तेञ्जिङचोक नजिकै भएको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई विभिन्न समयमा पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरका सोमलाल थिङ, ओखलढुङ्गाका पासाङ तामाङ, पासाङ शेर्पा, रामकृष्ण कार्की र रौतहटका सविना तामाङ रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले नशालु पदार्थ सेवन गराएर सुनको गहना लुटेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए । “सुनकै गहना लुट्नका लागि हत्या गरेको अनुसन्धानमा खुल्न आएको छ”, उनले भने ।

मृतक केसीले विगत केही वर्षदेखि खाजा, किराना पसलसँगै रक्सी पसल सञ्चालन गरेको र हत्यामा संलग्न भएका व्यक्तिहरु ग्राहक बनेर उक्त पसलमा आउने गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्नहरुले मृतक केसीको चारवटा सुनको औँठी र रु ४५ हजार नगद लुटेका थिए । हत्यामा संलग्न राजकुमार थापामगर भने अझै फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ९ : १० बजे

सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै युवा तथा बालबालिकालाई

जसपा नेपालको कार्यकारिणी समिति बैठक : नेताहरूले रिपोर्टिङ गर्दै, मुख्य तीन एजेन्डामा छलफल

काठमाडौं- जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार

काठमाडौं उपत्यकालाई ढाक्यो तुँवालोले (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा दिउँसोको समयमा घाम लागे पनि वायु प्रदूषणको

सहकारीको डेढ अर्ब हिनामिना- पक्राउ परे जिसस म्याग्दीका प्रमुख थापा

म्याग्दी- एउटा सहकारीबाट डेढ अर्ब रुपैयाँभन्दा धेरै हिनामिना भएको प्रकरणमा

राष्ट्रियसभा बैठक: दुई किशोरी मृत भेटिएको घटनाको अनुसन्धान गर्न माग

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आजको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका