हिरु केसी हत्या प्रकरण : पसलमा ग्राहक बनेर आउनेहरु नै हत्यारा « Khabarhub

हिरु केसी हत्या प्रकरण : पसलमा ग्राहक बनेर आउनेहरु नै हत्यारा


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने ५५ वर्षीया कमला भन्ने हिरु केसीको हत्यामा संलग्न पाँचजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले भदौ ३१ गते राति कपनस्थित तेञ्जिङचोक नजिकै भएको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई विभिन्न समयमा पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरका सोमलाल थिङ, ओखलढुङ्गाका पासाङ तामाङ, पासाङ शेर्पा, रामकृष्ण कार्की र रौतहटका सविना तामाङ रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले नशालु पदार्थ सेवन गराएर सुनको गहना लुटेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए । “सुनकै गहना लुट्नका लागि हत्या गरेको अनुसन्धानमा खुल्न आएको छ”, उनले भने ।

मृतक केसीले विगत केही वर्षदेखि खाजा, किराना पसलसँगै रक्सी पसल सञ्चालन गरेको र हत्यामा संलग्न भएका व्यक्तिहरु ग्राहक बनेर उक्त पसलमा आउने गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्नहरुले मृतक केसीको चारवटा सुनको औँठी र रु ४५ हजार नगद लुटेका थिए । हत्यामा संलग्न राजकुमार थापामगर भने अझै फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ९ : १० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका