नेपाल तरुण दल काभ्रेले सुरु गर्‍यो पूर्णकालीन सदस्यताको फाराम वितरण | Khabarhub Khabarhub

नेपाल तरुण दल काभ्रेले सुरु गर्‍यो पूर्णकालीन सदस्यताको फाराम वितरण


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काभ्रे– नेपाली कांग्रेसको निकट भातृ संगठन नेपाल तरुण दल काभ्रेले पूर्णकालीन सदस्यताको फाराम वितरण सुरु गरेको छ ।

शनिबार नेपाल तरुण दल काभ्रेका अध्यक्ष सुजन लामाको अध्यक्षतामा नेपाली कांग्रेसको पार्टी कार्यालय बनेपामा बसेको बैठकमा नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति एवं बागमती प्रदेश सभा सदस्य माननीय तीर्थ लामाको प्रमुख आतिथ्यमा जिल्लाको १३ वटै पालिकाका अध्यक्षहरूलाई पूर्णकालीन सदस्यताको फाराम वितरण सुरु गरेको छ ।

बैठकमा प्रमुख अतिथि नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति लामाले तरुण दल पार्टीको मेरुदण्ड भएकोले तरुण दल बलियो भएको खण्डमा मात्र पार्टी बलियो हुने भएकोले जिल्लाका सबै तरुण युवाहरूलाई समेटेर लैजान निर्देशन दिएका छन् । साथै लामाले तरुण दलको ५ औं महाधिवेशनलाई भव्य र सभ्य बनाउनको लागि शुभकामना समेत दिएका छन । 

त्यस्तै तरुण दल काभ्रेका जिल्ला अध्यक्ष सुजन लामाले संगठनलाई थप मजबुत बनाउँछु भनेर आउन चाहने युवाहरूलाई नछुटाईकन पूर्णकालीन सदस्यता बितरण गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ४ : २८ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय