माओवादी स्थायी समिति बैठक स्थगित, भोलि बस्ने « Khabarhub

माओवादी स्थायी समिति बैठक स्थगित, भोलि बस्ने


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठक आजका लागि स्थगित भएको छ । आज स्थगित बैठक भोलि ११ बजे बस्नेछ ।

हिजो (साउन १६) देखि सुरु बैठकमा आज १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र अनुशासन आयोगका एक पदाधिकारीले धारणा राखेका माओवादी केन्द्रले जानकारी दिएको छ ।

नेतृत्व हस्तान्तरण र कार्यशैलीलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीच वाकयुद्ध चलिरहँदा माओवादीको स्थायी समिति बैठक बसिरहेको हो ।

शनिबार बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक राजनीतिक घटना क्रमबारे छलफल भइरहेको उक्त पार्टीका नेताहरूले बताएका छन्‌ ।

नेताहरूका अनुसार; पछिल्लो समय पार्टीमा चर्किंदै गएको अन्तरविरोध हल गर्ने विषयमा विधि र प्रक्रियाबारे बढी छलफल केन्द्रित हुनेछ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ६ : १४ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते