‘पूर्वराष्ट्रपति राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ’ « Khabarhub

‘पूर्वराष्ट्रपति राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ’


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्ने बताएका छन्  । कांग्रेस सूर्यविनायक नगरसमितिले शनिबार आयोजना गरेको तेस्रो नगरपालिका सम्मेलनमा उनले संविधान संशोधन गरेर भए पनि पूर्वराष्ट्रपति पुनःसक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था गर्नुपर्ने बताए। 

सहमहामन्त्री परियारले संविधान निर्माण गर्दा राष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा सक्रिय हुन पाउने व्यवस्था गर्न चुकेकाले अब संविधान संशोधन गर्ने क्रममा यस व्यवस्थालाई समावेश गरिनुपर्नेमा जोड दिए ।

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्किन नसक्ने गरी गरेको निर्णय स्वागत योग्य रहेको उनको भनाइ थियो ।

 ‘पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने कुरा ठिक होइन । उनीबारे एमालेले जे निर्णय गर्यो, त्यो सही निर्णय हो । कांग्रेसले पनि त्यस्तै निर्णय गर्नुपर्छ’, सहमहामन्त्री परियारले भने ।  

उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी २०८३ मङ्सिरभित्र गर्नु उपयुक्त हुने बताए।

 “कांग्रेसमा वर्तमान नेतृत्वको कार्यकाल विसं २०८२ मङ्सिरमा सकिँदैछ, तर महाधिवेशनको तयारी सुरु भएको छैन । अब मङ्सिरमा महाधिवेशन सम्भव नभएकाले एक वर्ष म्याद थपेर अर्को वर्षको मङ्सिरमा महाधिवेशन गर्नुपर्छ”, सहमहामन्त्री परियारले जिकिर गरे । 

कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले केन्द्रीय नेता र केन्द्रीय कार्यसमितिलाई दोष दिनुभन्दा अन्य तहका समितिले पनि आफ्नो दायित्वमा रहेका काम समयमै सम्पन्न गर्नुपर्ने बताए। उनले कांग्रेसका हरेक नेता कार्यकर्ताले पार्टी विधानअनुसार आफूले पाएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्न सके पार्टी स्वतः बलियो बन्ने बताए।

कांग्रेस सूर्यविनायक नगरसमिति सभापति निशान ढुङ्गेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस भक्तपुरका पूर्वसभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, क्षेत्रीय सभापति भेषबहादुर कार्की र जीवन खत्री, प्रदेशसभा क्षेत्र नं २ (क)का सभापति प्रदिप कार्की, भक्तपुर नगरसमिति सभापति राजेन्द्र तमाखू, बागमती प्रदेशका पूर्वमन्त्री कृष्णलाल भँडेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

सम्मेलनमा नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिका १० वटा वडा समितिका पदाधिकारी, वडाका क्षेत्रीय प्रतिनिधि, भ्रातृ एवम् शुभेच्छुक संघ संस्थाका प्रतिनिधि, सूर्यविनायक भूगोलबाट प्रतिनिधित्व गर्ने पार्टीका विभिन्न समितिका प्रतिनिधिसमेत गरी करिब २५० जनाको सहभागिता रहेको सभापति ढुंगेलले जानकारी दिए । 

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ७ : ०५ बजे

जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा

जुम्ला– खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले चालु आर्थिक वर्षभित्रमा

विश्वकपका सुरुवाती दुई खेलमै कीर्तिमानको वर्षा: मेसी, एम्बाप्पे र हालान्डबीच गोलको दौड

काठमाडौँ – फिफा विश्वकप २०२६ मा आधुनिक फुटबलका महान् स्ट्राइकरबीचको

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ