भारतका नौसेनाप्रमुख एडमिरल त्रिपाठी जापान भ्रमणमा « Khabarhub

भारतका नौसेनाप्रमुख एडमिरल त्रिपाठी जापान भ्रमणमा


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका नौसेनाप्रमुख एडमिरल दिनेश के. त्रिपाठी जापान भ्रमणमा पुगेका छन् । त्रिपाठी चारदिने जापान भ्रमणमा गएका हुन् ।

उनको भ्रमणको उद्देश्य जापान र भारतबीच कायम द्विपक्षीय रक्षा सहकार्यलाई अभिवृद्धि गर्नु रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । जापानमा रहँदा उनले उच्च रक्षा एवम् नौसैनिक अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् ।

भेटवार्ताका क्रममा दुई मुलुकका सैन्य अधिकारीबीच समुद्री सुरक्षा, प्राविधिक साझेदारी, नौसैनिक सहकार्यका नवीन आयामहरुको पहिचानजस्ता विषयमा छलफल हुनेछ । भारतीय नौसेनाले द्विपक्षीय एवम् बहुपक्षीय रक्षा सहकार्यलाई थप सुदृढ बनाउन आफ्नो मुलुक प्रतिबद्ध रहेको जनाएको छ ।

पछिल्लो समय भारतले हिन्द प्रशान्त क्षेत्रमा आफ्नो सक्रियता बढाउँदै लगेको छ । सोही अनुसार यसअघि गत अप्रिल महिनामा एडमिरल त्रिपाठीले तान्जानियाको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ७ : १५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल