बयान फेरेपछि सरकारी साक्षीलाई लाग्यो भ्रष्टाचार मुद्दा « Khabarhub

बयान फेरेपछि सरकारी साक्षीलाई लाग्यो भ्रष्टाचार मुद्दा


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भ्रष्टाचार मुद्दा अभियोजन क्रममा अदालतमा पेश गरिएका सरकारी साक्षीले बयान फेरेपछि निजविरुद्ध पनि भ्रष्टाचार मुद्दा लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको कोहलपुर नगरपालिकाका डम्मरबहादुर बुढाथोकीविरुद्ध विशेष अदालतमा कैद सजाय मागसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बुढाथोकीले नियमानुसार जग्गाको मोठ भिडाउन सहजीकरण गरीदिन भन्दै मिलेमतोमा प्रतिवादीहरू शान्ति पुन (बिचौलिया), खरिदारद्वय रतन बहादुर जि.सी., हरिचन्द्र पाण्डे तथा घनश्याम तिवारीलाई २० हजार रुपैयाँ नगद घुस/रिसवत दिएका थिए ।

उक्त भ्रष्टाचार मामिलामा विशेष अदातल, काठमाडौँमा दर्ता भएको मुद्दामा आयोगले बुढाथोकीलाई सरकारी साक्षीको रूपमा पेश गरेको थियो । तर, बुढाथोकीले विशेष अदालतमा अनुसन्धान अधिकृत समक्ष गरेको बयान प्रतिकूल हुने गरी बकपत्र गरेका थिए ।

बुढाथोकीले कार्य कसुर गरेको पुष्टि भएको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा घ को उपदफा ९३० बमोजिमको कसूर भएको आयोगले जनाएको छ ।

बुढाथोकीविरुद्ध २० हजार रुपैयाँ बिगो कायम गरी कैद सजाय र घुस/रिसवत जफत गर्न मागदावी लिइ विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन्‌ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  १ : २३ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र