बयान फेरेपछि सरकारी साक्षीलाई लाग्यो भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

बयान फेरेपछि सरकारी साक्षीलाई लाग्यो भ्रष्टाचार मुद्दा


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भ्रष्टाचार मुद्दा अभियोजन क्रममा अदालतमा पेश गरिएका सरकारी साक्षीले बयान फेरेपछि निजविरुद्ध पनि भ्रष्टाचार मुद्दा लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको कोहलपुर नगरपालिकाका डम्मरबहादुर बुढाथोकीविरुद्ध विशेष अदालतमा कैद सजाय मागसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बुढाथोकीले नियमानुसार जग्गाको मोठ भिडाउन सहजीकरण गरीदिन भन्दै मिलेमतोमा प्रतिवादीहरू शान्ति पुन (बिचौलिया), खरिदारद्वय रतन बहादुर जि.सी., हरिचन्द्र पाण्डे तथा घनश्याम तिवारीलाई २० हजार रुपैयाँ नगद घुस/रिसवत दिएका थिए ।

उक्त भ्रष्टाचार मामिलामा विशेष अदातल, काठमाडौँमा दर्ता भएको मुद्दामा आयोगले बुढाथोकीलाई सरकारी साक्षीको रूपमा पेश गरेको थियो । तर, बुढाथोकीले विशेष अदालतमा अनुसन्धान अधिकृत समक्ष गरेको बयान प्रतिकूल हुने गरी बकपत्र गरेका थिए ।

बुढाथोकीले कार्य कसुर गरेको पुष्टि भएको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा घ को उपदफा ९३० बमोजिमको कसूर भएको आयोगले जनाएको छ ।

बुढाथोकीविरुद्ध २० हजार रुपैयाँ बिगो कायम गरी कैद सजाय र घुस/रिसवत जफत गर्न मागदावी लिइ विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन्‌ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  १ : २३ बजे

‘महाकवि देवकोटा सङ्ग्रहालयलाई सरकारले सञ्चालन गर्नुपर्छ’

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरमा बनाइएको सङ्ग्रहालय संस्कृति, पर्यटन तथा

पोखरीमा डुबेर दुई वर्षीय बालिकाको मृत्यु

सुनसरी– धरान उपमहानगरपालिका-१९ दीपेन्द्र मार्ग बस्ने बुद्धि बहादुर तामाङकी छोरी दुई

जेन–जी आन्दोलन नाममा विध्वंश मच्चाउनेलाई छाडिन्न

काठमाडौं- सुशासनको माग गर्दै शुरु भएको शान्तिपूर्ण जेन–जी आन्दोलन एकाएक

निलम्बनमा परे एन्फा महासचिव किरण राई

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले महासचिव किरण राईलाई

गोपालमानको प्रस्ताव : राजसंस्थालाई पनि समेटेर सर्वपक्षीय संवाद गरौँ

काठमाडौं- नेपाली कांग्रेसमा राजसंस्थालाई पनि समेटेर नयाँ विकल्पमा जानुपर्ने कुरा