मेलुङको कृषि उपजले बजार लिँदै, काठमाडौंसम्मै आइपुग्यो अकबरे खुर्सानी « Khabarhub

मेलुङको कृषि उपजले बजार लिँदै, काठमाडौंसम्मै आइपुग्यो अकबरे खुर्सानी


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको मेलुङ गाउँपालिकाले स्थानीय कृषकलाई उत्पादनसँग जोडेर व्यवसायीक र तथा उद्यमी  बनाउन थालेको छ ।

पालिकाले स्थानीय कृषकलाई कृषिमा व्यवसायी र आत्मनिर्भर बनाउन केही गैरसरकारी संस्थासँग समन्वय गरेर अहिले तिनै कृषकले उत्पादन गरेका उत्पादन काठमाडौंसम्म खपत हुन थालेका छन् ।

पालिकाले दुई वटा गैरसरकारी संस्था हेफर र सामुदायिक विकास मञ्च नेपालसँगको साझेदारमा पालिका भित्रका करिब ३५ सय कृषकलाई कृषि व्यवसायमा जोडेको छ ।

पालिकाको वडा नम्बर २ बाँसबाेटेकी स्थानीय सम्झना खड्का बुढाथोकीले उत्पादन गरेको अकबरे खुर्सानीले अहिले मेलुङको उत्पादनको रूपमा काठमाडौंमा समेत मार्केट लिन थालेको छ ।

२९ महिने कृषि जेटिए अध्ययन गरेर व्यवसायीक कृषि कर्ममा लागेकी सम्झनाले उत्पादन गरेको अकबरे खुर्सानीले चरिकोटदेखि राजधानी काठमाडौंमा कोसेलीको रूपमा बिक्री हुन थालेको छ ।

उनले गत वर्षदेखि सुरु गरेको अकबरे नर्सरीको अकबरे अहिले बाँसबोटे गाउँ र पालिकाभर फैलिएको छ ।

गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा पालिका भित्रका एक सय १९ वटा समूहमा विभिन्न कृषि कार्यक्रम गर्न गैरसरकारी संस्था हेफर र सामुदायिक विकास मञ्च नेपालसँग साझेदार गर्न एक करोड २० लाख बजेट विनियोजन गरेकोमा एक करोड ५ लाख बराबरको कार्यक्रम सञ्चालन गरिएको थियो ।

गाउँपालिकामा सञ्चालन भएका कार्यक्रमहरूमा पशुपालन तथा दुग्ध उत्पादन कार्यक्रम, तरकारी खेती कार्यक्रम र बाख्रा पालन लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो । तरकारी खेती अन्तर्गत ६ वटा कृषि समूहलाई खुर्सानी खेतीमा प्रोत्साहन गरेको थियो ।

वडा नम्बर-२,३,४,५ का विभिन्न कृषि समूहले अहिले व्यवसायीक खुर्सानी तथा तरकारी खेती गरिरहेका छन् ।गाउँपालिकासँग को समन्वयमा कृषकलाई २८ हजार ४ सय ५४ वटा अकबरे खुर्सानीको बिरुवा वितरण गरिएको हेफर तथा सामुदायिक विकास मञ्च नेपालका कार्यक्रम संयोजक फरेन्द्र चौलागाईंले बताए । 

समूह भित्रैकै कृषक सम्झना खड्काको नर्सरीबाट २८ हजार चार सय बिरुवा खरिद गरेर ३ सय भन्दा बढी स्थानीयलाई स्थानीय गाईखुरा महिला उद्यमी कृषि सहकारीमार्फत अकबरे खुर्सानीको बिरुवा वितरण गरिएको थियो ।

चौलागाईंका अनुसार सम्झनासँगै यहाँका दर्जनौँ किसानले गत वैशाख-जेठमा रोपिएको खुर्सानीबाट आम्दानी लिन थालेका छन् ।

वडानम्बर-२ बाँसबोटेका स्थानीयले असार-साउनको पहिलो सिजनमै ५/७ सय केजी खुर्सानी बिक्री गरेर राम्रो आम्दानी लिईसकेको उनले बताए ।

बाँसबाेटेका सम्झना लगायतका कृषकले उत्पादनगरेको हरियो, पाकेको अकबरे खुर्सानी, निहुरो ,काँक्रो लगायतका कृषि उपजहरू काठमाडौंमा जिरी लेकाली हाटघर लगायतका थोक तथा खुद्रा पसलबाट कोसेलीको रूपमा बिक्री हुन थालेको पाइएको छ । 

मेलुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिन बजेट विनियोजन गरेको छ । चालु वर्षमा पनि एक करोड बराबरका विभिन्न उत्पादनमा आधारित कृषि कार्यक्रम सञ्चालन गरिने सामुदायिक विकास मञ्च नेपालले जनाएको छ । -सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ३ : ४२ बजे

मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल

मिथिलाञ्चलमा आजदेखि होली

जलेश्वर– पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा होली खेलेसँगै मिथिलाञ्चलमा

गोदरेजले सार्वजनिक गर्‍यो २३४ लिटर नयाँ डबल डोर रेफ्रिजरेटर

काठमाडौं– गोदरेजले नेपाली बजारमा आफ्नो नयाँ डबल डोर रेफ्रिजरेटरको सुरुवात गरेको

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बागमती– मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीमा मोटरसाइकल दुर्घटना

झापा पुगेर रविले भने- जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख कुन मुखले भोट माग्दै हुनुहुन्छ ?

झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनताको