जल चढाउन हिँडेका सवार बोलेरो नहरमा खस्दा एकै परिवारका नौसहित ११ जनाको मृत्यु « Khabarhub

जल चढाउन हिँडेका सवार बोलेरो नहरमा खस्दा एकै परिवारका नौसहित ११ जनाको मृत्यु


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

गोन्डा (भारत)– भारतको त्तर प्रदेशस्थित गोन्डा जिल्लामा आइतबार बिहान १० बजे एक दर्दनाक दुर्घटना भएको छ।

तीव्र गतिमा गइरहेको बोलेरो जीप सडकबाट सायू नहरमा खस्दा ११ जनाको ज्यान गएको। तीमध्ये ९ जना एउटै परिवारका रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छ्न । घटनामा परेकी १० वर्षीया एक बालिका हराइरहेकी छिन्।

बोलेरोमा १६ जना सवार थिए, जसमा ४ जनालाई स्थानीय बासिन्दाले झ्यालको सिसा फोरेर बचाएका छन्। बाँकीको नहरमा डुबेर मृत्यु भइसकेको छ। सबैजना धार्मिक कार्यका लागि पृथ्वीनाथ मन्दिर जल चढाउन जाँदै थिए।

दुर्घटना गोन्डाको इटियाथोक थाना क्षेत्रअन्तर्गत भएको हो। ठूलो वर्षाका कारण नहरमा पानीको बहाव बढी थियो। गाडी नहरमा खसेलगत्तै डुब्न पुगेको हो। गाडीको झ्याल लक भएर भित्रका मानिस निस्कन सकेनन्। उनीहरू गाडीभित्रै छटपटाएर ज्यान गुमाउन बाध्य भएका छन् ।

घटनास्थलमा रहेका स्थानीय गाडी नहरमा खसेको देखेपछि तत्कालै पानीमा हाम फालेका थिए। तर गाडीका ढोका नखुलेपछि उनीहरूलाई जोगाउन सफल हुन सकेनन्।

गाडीलाई डोरीको सहायताले किनारामा तानेर केही भाग बाहिर निकालिएको छ । जहाँबाट सिसा फोडेर ४ जनालाई सकुशल बचाइएको छ।

मृतकमध्ये ९ जना एउटै परिवारका छन्। उनीहरू प्रह्लाद नामका व्यक्तिका परिवार हुन्। मृतकहरूमा प्रह्लादकी श्रीमती बीना (४४), छोरीहरू काजल (२२) र महक उर्फ रिङ्की (१४), भाइ रामकरण (३६) र उनकी श्रीमती अनसुइया (३४), छोराछोरीहरू शुभ (७) र सौम्या (९), कान्छा भाइ रामरुपकी श्रीमती दुर्गेश नन्दिनी (३५) र छोरा अमित (१४) छन्। रामरुपकी अर्की छोरी रचना (१०) हराइरहेकी छिन्।

त्यसैगरी छिमेकी रामललन वर्माकी श्रीमती सञ्जु (२६) र बहिनी गुढिया उर्फ अञ्जु (२०) को पनि मृत्यु भएको छ।

बाँच्न सफल पिंकीले गाडी खस्नेबित्तिकै सबै जना चिच्याउन थालेका थिए। पानी छिट्टै भरिँदै गएपछि कसैलाई बाहिर निस्कन समय नै मिलेन। झ्यालको सिसा फोडेर आफू र केहीजना मात्रै बाहिर निस्कन सफल भएको उनले बताइन्।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ३ : ३७ बजे

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ

संविधान संशोधन बहसपत्र कार्यदलको कार्याेजना बनाउने जम्मा सुवेदीलाई

काठमाडौँ– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने