जनार्दनलक्षित प्रचण्डको टिप्पणी- गल्ती गर्नेले आत्मआलोचना गर्नुपर्छ « Khabarhub

जनार्दनलक्षित प्रचण्डको टिप्पणी- गल्ती गर्नेले आत्मआलोचना गर्नुपर्छ


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पद्धति नमान्नेहरूले आत्मआलोचना गर्नुपर्ने बताएका छन् ।

आइबार बसेको स्थायी समिति बैठकपछि पेरिसडाँडाबाट बाहिरिने‍ क्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डलाई पत्रकारले सोधे, ‘तपाईंले पनि आत्मआलोचना गर्ने हो ?’, जवाफमा उनले भने, ‘त्यस्तो होइन, जसले गल्ती गर्छ उसले आत्मआलोचना गर्ने कुरा भएको छ । सच्चिएर जाने कुरा बैठकमा भएको छ ।’

उपमहासचिव शर्माले दुई लाइन संघर्ष चलाइरहेका बेला अध्यक्ष ‘प्रचण्ड’ले शुक्रबारको स्थायी कमिटी बैठकमा सार्वजनिक रुपमा बोल्दै हिँड्नु ठिक नभएको बताएका थिए ।

आफूविरुद्ध उपमहासचिव शर्मा चलाइरहेको दुई लाइन संघर्षकाबारेमा बोल्दै दाहालले सार्वजनिक रुपमा गरिएका आलोचना र टिप्पणीलाई गलत भनेका थिए ।

पार्टीभित्रकै बैठक र बन्द कोठामा सीमित वैचारिक मतभेद अब सामाजिक सञ्जालमार्फत् खुला रुपमा प्रकट हुन थालेपछि प्रचण्डको यो भनाइ आएको थियो । यसैलाई जोड दिँदै उनले जसले गल्ती गरेको छ उसले पार्टीमा आत्मआलोचना गर्ने कुरा भएको जानकारी दिए ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : १५ बजे

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडाैं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

प्रधानमन्त्री कार्कीसमक्ष ओहदाको प्रमाणपत्र पेस

काठमाडौं – नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक (रेजिडेन्ट

नुवाकोटमा मासु खाने क्रममा हड्डी अड्किएर एक जनाको मृत्यु

नुवाकोट – भोजमा मासु खानेक्रममा हड्डी अड्कँदा जिल्लाको तारकेश्वर गाउँपालिका–५

बुढासुब्बा गोल्डकप : लालीगुराँस फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – धरानमा जारी २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा लालीगुरास