भारतमा सामाजिक सुरक्षा कार्यक्रममा जोडिने नागरिकको सङ्ख्या उच्च « Khabarhub

भारतमा सामाजिक सुरक्षा कार्यक्रममा जोडिने नागरिकको सङ्ख्या उच्च


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा सामाजिक सुरक्षा कार्यक्रममा जोडिने नागरिकको सङ्ख्यामा उच्च वृद्धि भएको पाइएको छ । भारतको राष्ट्रिय सूचकांक फ्रेमवर्क प्रगति प्रतिवेदनले सामाजिक सुरक्षा कार्यक्रम व्यापक बन्दै गएको देखिएको हो ।

प्रतिवेदनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार हाल भारतका ६४.३ प्रतिशत जनसङ्ख्या सामाजिक सुरक्षा कार्यक्रममा जोडिएका छन् । यसअघि सन् २०१६ मा यो सङ्ख्या केबल २२ प्रतिशत रहेको थियो ।

त्यसैगरी, भारतमा बहुमुखी गरिबीमा रहेका जनसङ्ख्यामा पनि तीव्र गिरावट देखिएको छ । एएनआईका अनुसार सन् २०१५–१६ मा २४.९ प्रतिशत रहेको यस्तो जनसङ्ख्या हाल १५ प्रतिशतमा झरेको छ ।

त्यसैगरी, भारतमा खानेपानीको पहुँचमा रहेका जनसङ्ख्या पनि बढेका छन् । सन् २०१५–१६ मा यस्तो जनसङ्ख्या ९४.६ प्रतिशत रहेकोमा हाल यो ९९.६ प्रतिशत पुगेको छ ।

यस तथ्याङ्कले समावेशी आर्थिक वृद्धिप्रति भारत सरकारको प्रतिबद्धता पुष्टि गर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : २२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा