एमालेमा ओली जस्तै माओवादीले पनि देखेन प्रचण्डको विकल्प ! | Khabarhub Khabarhub

एमालेमा ओली जस्तै माओवादीले पनि देखेन प्रचण्डको विकल्प !


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको यही साउन ५ र ६ गते बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई झन् शक्तिशाली बनाएकै शैलीमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकेन्द्रित बहसमा होमिएको छ ।

पार्टीको नीतिगत बहसका लागि बोलाइएको स्थायी कमिटी बैठक अहिले प्रचण्डकेन्द्रित भएको छ। खासगरि उपमहासचिव जनार्दन शर्मा प्रभाकरले कुनै बेला ३१ लाख मतदाताको साथ पाएको पार्टी अहिले ११ लाखमा खुम्चिनुको दोष प्रचण्डलाई भिराइरहेका छन् ।

उनले माओवादीमा दुई लाइन संघर्ष चर्काइरहँदा पार्टीका अधिकांश नेताहरू अहिले नेतृत्वको फेरबदलको पक्षमा नरहेको जानकारी बैठकपछि उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

अर्का उपमहासचिव वर्षमान पुनले पनि खुलेर प्रचण्डको साथ दिँदै अहिले नेतृत्वको विकल्प खोज्ने भन्दा यसमै सबैजना गोलबन्द हुनुपर्ने तर्क गरेका थिए ।

उता स्थायी समिति सदस्य राम कार्कीले अब माओवादीले आलोपालो नेतृत्वको बाटोमा जानुपर्ने बताएका थिए । शर्मा र कार्कीबाहेक सबै स्थायी समिति सदस्यहरू अहिले प्रचण्डलाई नै निरन्तरता दिनुपर्ने बताएको उपाध्यक्ष सापकोटाले जानकारी दिए ।

माओवादी प्रवक्तासमेत रहेका सापकोटाले आइतबारको बैठकमा अधिकांश सदस्यहरूले अहिलेको नेतृत्वको विकल्प नरहेको धारणा राखेको जानकारी दिए ।

उपमहासचिव जर्नादन शर्माले पनि नेतृत्व फेर्ने विषयमा खासै कुरा नराखेको उनले बताए । शर्माले बरू आफूले राखेको अन्य विषय ठीक रहेको धारणा राखेको सापकोटाले बताएका छन् ।

अहिलको अवस्थामा पार्टी, सदन र सडकको नेतृत्वको विकासका लागि प्रचण्डको विकल्प नरहेको कुरा अधिकांश नेताले राखेको सापकोटाले बताएका छन्।

उता प्रवक्ता सापकोटाले ३१ लाख मतदाता घटेर ११ लाखमा झरेको प्रसंगमा राजनीतिमा जनमत तलमाथि हुनु स्वभाविक रहेको बताए। यसबारेमा पनि प्रचण्डले आत्मालोचना गर्नुपर्छ भनेर कुनै स्थायी समिति सदस्यले नबोलेको उनले बताए।

प्रचण्डले आफैंले भने पार्टीमा बसेर गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने बताए । तर उनले पनि मतदातासँगै पार्टीको आकार घटेको सवालमा आफ्नो बचाउ गर्दै जनमत तलमाथि हुनुलाई स्वभाविक भनेर व्याख्या गरे ।

बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीले सोधको प्रश्नमा प्रचण्डले गल्ती गर्नेले नै आत्मालोचना गर्नुपर्ने बताउ । त्यसअघि बैठकमा माओवादी उपमहासचिव शर्माले आत्मसमीक्षा र आत्मालोचनासहित पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । प्रचण्डले भने बैठक जारी रहेकाले जसले गल्ती गरेको छ त्यसले आत्मालोचना गर्ने कुरा रहेको स्पष्ट पारे ।

बैठकपछि अर्का उपमहासचिव वर्षमान पुनले पार्टीभित्रको समस्याबारे बैठकमा खुल्ला र स्पष्ट रुपमा राखेको बताए । बैठकमा जनार्दन शर्माले कुनै हालतमा पार्टी नछाड्ने भनेर धारणा राखेको पनि उनले बताए।

मा‌ओवादी प्रवक्ता सापकोटाले अहिलको अवस्थामा पार्टी, सदन र सडकको नेतृत्वको विकासका लागि प्रचण्डको विकल्प नरहेको जिकिर गरे।

अब सोमबार बस्ने स्थायी कमिटी बैठकमा वरिष्ठ उपाध्यक्ष र महासचिवले धारणा राख्ने भएका छन् । त्यसपछि अध्यक्ष प्रचण्डले जवाफ दिएर बैठक सकिने उनले बताए।

माओवादीले पनि अहिलेलाई प्रचण्डको विकल्प नखोजी अघि बढ्ने भएको छ । एमालेले राजनीतिमा आउन लागेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई छेकिसकेको छ। ओलीले आफूलाई आजीवन अध्यक्षका रुपमा राख्ने योजनासहित दुई कार्यकाल र ७० वर्षे उमेर हदको व्यवस्था हटाइसकेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ६ : १७ बजे

घरासयी विवादमा २४ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा – पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी

मनसुन अझै केही दिन सक्रिय रहन्छ : मौसमविद् महर्जन

काठमाडौं – लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण

बलान नदीको कटानले सुन्दरपुर बस्ती जोखिममा

सिरहा – सिरहाको लहान नगरपालिका–४ स्थित बलान नदीको कटानले सुन्दरपुर