पर्साको दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनाथीको भीड « Khabarhub

पर्साको दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनाथीको भीड


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने श्री १०८ दुग्धेश्वनाथ महादेव मन्दिरमा दर्शन गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ ।

साउन महिनाभरि लाग्ने सो मेलामा खासगरी साउने सोमबार भने भक्तजनको अत्यधिक घुइँचो लाग्ने गरेको छ ।

दुग्धेश्वरनाथ महादेव मन्दिर भाथाधाम संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले दुग्धेश्वरनाथ महादेवको दर्शन गर्न आइतबार दिउँसोदेखि नै भक्तजनको उपस्थिति बढेको बताए ।

‘छिमेकीमूलुक भारतको विहार र उत्तरप्रदेशका भक्तजन धेरैजसो ट्र्याक्टरमा सवारी गरेर आउने गर्नुहुन्छ,’ उनले भने, ‘आइतबारबेलुकादेखि भक्तजनहरु आउनेक्रम ह्वात्तै बढेको छ । सोमबार बिहानैदेखि भक्तजनहरु लामवद्ध भएर भगवानको दर्शनको लागि मन्दिर परिसरमा लामबद्ध भएर दर्शन र पूर्जाअर्चना बसिरहनुभएको छ ।’

अध्यक्ष थारूले कतिपय भक्तजन आइतबार रातको समयमा महादेव भगवानको आराधाना गरेर सोमबार बिहानै दुग्धेश्वरनाथ महादेव र पार्वतीको मन्दिरमा जल चढाएर फर्किने बताए ।

मेला समितिका अध्यक्ष ग्यानलाल पटेलले पर्साजिल्लाबाट सङ्घीय र प्रदेश गरेर पाँच जना मन्त्री भए पनि भाथाधामको लागि आवश्यक सहयोग प्राप्त गर्न नसकेको गुनासो गरे ।

पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलको यात्रा गरेपछि चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर अवस्थित छ । चुरेको फेदी र चारकोसे झाँडीबीचको नदीभन्दा केही अग्लो भागमा महादेव र पार्वतीको मन्दिर रहेको छ ।

मेला समितिका अध्यक्ष पटेलले आज भारतीय र नेपाली दशनार्थीको अत्यधिक उपस्थिति हुने भएकाले पनि व्यवस्थित गर्न पनि हम्मेहम्मे पर्ने बताए । अध्यक्ष पटेलले आज मात्रै एक लाखभन्दा धेरै दर्शनार्थीले मन्दिरको दर्शन गर्ने दाबी गरे ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ९ : ४९ बजे

एनपिएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौँ– तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस

सप्तकोशीमा जेट बोट दुर्घटना : तीन जनाको मृत्यु

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको

राष्ट्रपति पौडेलले गरे नवदुर्गा मन्दिरमा पूजाअर्चना

भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले