विदेशी हस्तक्षेपको आरोपमा अस्ट्रेलियामा चिनियाँ नागरिकमाथि मुद्दा दायर « Khabarhub

विदेशी हस्तक्षेपको आरोपमा अस्ट्रेलियामा चिनियाँ नागरिकमाथि मुद्दा दायर


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा- अस्ट्रेलियन प्रहरीले बेइजिङका लागि स्थानीय बौद्ध समूहको जासुसी गरेको आरोपमा एक चिनियाँ नागरिकमाथि ‘लापरबाहीपूर्ण विदेशी हस्तक्षेप’ गरेको अभियोगमा मुद्दा चलाएको छ ।

सहायक प्रहरी आयुक्त स्टिफन नटका अनुसार ती महिलाले अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको ‘गुआन यिन सिट्टा बुद्धिस्ट एसोसिएसन’का बारेमा गोप्य रुपमा सूचना सङ्कलन गरिरहेकी थिइन् ।

नटले आफू चीनको सार्वजनिक सुरक्षा ब्युरोको कमान्डमा काम गरिरहेको बताएकी थिइन् ।

अस्ट्रेलियन सङ्घीय प्रहरीको विशेष अनुसन्धान महाशाखाका नटले भने, “चीनको पब्लिक सेक्युरिटी ब्युरोको गुप्तचर उद्देश्यलाई सहयोग पुर्‍याउने उद्देश्यले यो गतिविधि गरिएको हामीले अभियोग दर्ता गरेका छौँ ।

गत साता क्यानबेराका केही घरमा प्रहरीले छापा मारेपछि ती महिलालाई पक्राउ गरी ‘लापरबाहीपूर्ण विदेशी हस्तक्षेप’ गरेको अभियोग लगाइएको थियो ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “छापा मार्ने क्रममा इलेक्ट्रोनिक सामग्रीलगायत थुप्रै सामान जफत गरिएको छ भने थप अनुसन्धानका लागि फरेन्सिक परीक्षण गरिनेछ ।’’

विदेशी हस्तक्षेपमा बढीमा १५ वर्षको जेल सजाय हुन सक्छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १ : १७ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४