पत्रकार महासङ्घ युकेले मनायो १४औँ वार्षिकोत्सव « Khabarhub

पत्रकार महासङ्घ युकेले मनायो १४औँ वार्षिकोत्सव


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासङ्घ युकेले १४ औँ वार्षिकोत्सव मनाएको छ । बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आयोजित उक्त कार्यक्रमको आइतबार बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष निर्मला शर्मा र बेलायत शाखा अध्यक्ष विमला सेनेले संयुक्त उद्‌घाटन गरको जनाइएको छ । 
  
सो अवसरमा शाखाले यसै वर्षदेखि सुरु गरेको वर्ष पत्रकारिता सम्मान २०२५ बिबिसी नेपाली सेवाका पूर्वप्रमुख वरिष्ठ पत्रकार खगेन्द्र नेपालीलाई प्रदान गरेको छ । पत्रकार नेपालीलाई २५१ पाउण्ड नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
      
पुरस्कार छनोट समितिका संयोजक वरिष्ठ पत्रकार सुमन खरेलले सम्मानित व्यक्तित्व नेपालीको पत्रकारितामा पाँच दशक लामो योगदानबारे जानकारी दिए ।
      
नेपाल महासङ्घ केन्द्रीय अध्यक्ष निर्मला शर्माले नेपालदेखिको पत्रकारिताको हुटहुटीलाई निरन्तरता दिन विदेशमा समेत यस पेसामा क्रियाशील हुनु चुनौतीपूर्ण रहेको बताउँदै अध्यक्ष शर्माले बेलायतको पत्रकारिताबाट केही नयाँ सिकेर त्यो ज्ञान, सीप नेपालमा लैजान सुझाव दिए ।

उनले आफू पहिलो महिला अध्यक्षले वैदेशिक शाखाको पहिलो महिला अध्यक्ष विमला सेनेलाई प्रत्यक्ष बधाई दिन पाउनु गर्वको विषय भएको अनुभव सुनाए । अध्यक्ष शर्माले पत्रकार वा पत्रकारिता विभाजित भए त्यसबाट सत्यतथ्य र विश्वसनीयतामा आँच आउने औँल्याउँदै शर्माले जवाफदेही भएर समुदायका मुद्दा उजागर गर्न आग्रह गरे।

 बेलायत शाखाको विवादतर्फ इङ्गित गर्दै अध्यक्ष शर्माले केन्द्रले हस्तक्षेपभन्दा स्वतन्त्र रुपमा समाधान गर्न सहजीकरण गर्ने प्रष्ट पार्दै नेतृत्वमा जाने चाहनेले समर्पण गर्नुपर्ने र व्यावसायिक पत्रकारिता जोगाउन सबैमा आग्रह गरे।

‘अहिले नेपालको पत्रकारितामा आर्थिकमन्दीले समयमा तलब नपाउनु, मिडिया बन्द हुने क्रम जारी, प्रेस स्वतन्त्रता हननजस्ता कयौँ चुनौती सामना गर्नु परिरहेको छ’, अध्यक्ष शर्माले भने, ‘जस्तो परिस्थितिमा पनि जवाफदेही पत्रकारिता गर्नु पत्रकारहरूको दायित्व भएको हो ‘
 
राजदूत घिमिरेले यहाँका पत्रकारलाई आगामी दिनमा ब्रिटिस मेन स्ट्रिम मिडियामा कसरी आबद्ध हुन सकिन्छ त्यसबारे सोच्ने र पत्रकारिता क्षेत्रमार्फत नेपाल–बेलायत सम्बन्ध प्रगाढ बनाउन अतुलनीय योगदान पुगेको बताए । उनले राज्य बलियो बनाउन राज्यको चौथो अङ्ग पत्रकारिताको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै राजदूत घिमिरेले फुटेरभन्दा जुटेर शक्ति बढाउने काम गर्न आग्रह गरे ।  
      
शाखा अध्यक्ष विमला सेनेले अग्रजहरुको मार्गदर्शन मानेर अगाडि बढ्ने जनाउदा बेलायतमा बसेर पनि सानातिना कुरामा अल्झदा समुदायमा राम्रो सन्देश नजाने भएकाले सबैलाई एकताबद्ध हुन आग्रह गरे।
      
सो अवसरमा कार्यक्रम संयोजक एवं वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले स्वागत मन्तव्य दिँदै शाखाको १४ वर्ष यताका गतिविधि समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो।
 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ६ : ३२ बजे

आज २०८३ साल असार १२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन