स्नान गर्न भक्तजन गोसाइँकुण्डतर्फ « Khabarhub

स्नान गर्न भक्तजन गोसाइँकुण्डतर्फ


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रसुवा– पुत्रदा एकादशी पर्वका अवसरमा पवित्रतीर्थ गोसाइँकुण्ड स्नानका लागि सयौँ भक्तजन सुलाद्री पर्वतको आरोहण गरिरहेका छन् । एकादसीका दिन बाँझोपन भएका महिला/पुरूषले एकसाथ स्नान गरी कुण्डमा पूजाआराधना गर्दा भगवान् शिवको आशीर्वादले सन्तान प्राप्त हुने मान्यता रही आएको छ । 

अन्जानमा गरेका सबै पाप मोक्ष हुने धार्मिक विश्वासका साथ भक्तजन पुत्रदा एकादशी पर्वदेखि जनैपूर्णिमा दिनसम्म विशेष पर्वको अवसरमा निलाद्री पर्वतमा विराजमान रहेका भगवान् शिवको दर्शन गर्ने चलन छ । समुन्द्र सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रसुवामा रहेको पौराणिक एवं धार्मिक कुण्डमा स्नान तथा पुजा गर्ने चलन छ ।

पुर्णिामाको दिनसम्म यस वर्ष पनि १५ हजार तिर्थालुले पवित्रकुण्डको स्नान गर्ने अनुमान गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले जानकारी दिए । 

पुत्रदा एकादशी पर्वमा गोसाइँकुण्ड स्नानका लागि पाँच सयभन्दा बढी भक्तजन आजै लौरीविनायकको उज्यालो चढ्दै गरेको, भक्तजन आउने क्रम जारी रहेको, कुण्डमा स्नान गरेपछि शरीरको चिसोपन हटाउन, धुञ्चेका युवा समूहमार्फत निःशुल्क तातोपानीको व्यवस्था मिलाइएको, धुञ्चेदेखि खन्तिसम्म बाटोको सरसफाइ, धार्मिक मार्गमा खानेपानीको व्यवस्थापान, ठाउँठाउँमा अस्थायी आवास थर्कुको व्यवस्थापन, गोसाइँकुण्ड, बुद्वमन्दिर चोलाङपाटी चन्दनवारी, देउराली तिवारी बगर र धुञ्चे क्षेत्रमा सबै यात्रुलाई उपचार आवश्यक पर्ने पूर्वाधारका सबै व्यवस्था मिलाइएको अध्यक्ष डिएमले जानकारी दिए ।

कार्यतालिका बमोजिम गोसाइँकुण्डमा हिमालय उद्वार सङ्घ, पञ्चधाम समिति, ग्रिनसिटी अस्पताल, गोसाइँकुण्ड गाउँपालिका र अन्य स्थानमा जिल्ला आयुर्वेदिक औषधालय, नेपाली सेनाले यात्रुलाई उपचारको सेवा दिने समितिले जनाएको छ । गोसाइँकुण्ड जाने सबै तीर्थयात्रुको सुरक्षाका लागि बेत्रावतीदेखि गोसाइँकुण्डसम्म सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । 

प्रहरी नायव उपरीक्षक हेमबहादुर मल्लले गोसाइँकुण्डमा स्नान गर्दा एकापसमा बलियोसँग हात समाएर मात्र डुबुल्की मार्न सबै यात्रु समक्ष आग्रह गरे  ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  २ : ०६ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्ने जापानको प्राथमिकता : प्रधानमन्त्री ताकाइची

हनोई- जापानका प्रधानमन्त्री साने ताकाइचीले शनिबार ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’

बल्खुमा भत्किएका संरचना प्राचीन होइनन् : पुरातत्व विभाग

काठमाडौं- काठमाडौंका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका

तिलगङ्गामा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै

काठमाडौं- काठमाडौं महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका

चीनमा मे दिवसका दिन दुई करोड ४८ लाख रेल यात्रुलाई सेवा प्रदान

बेइजिङ- चीनको रेलमार्गले मे दिवसमा दुई करोड ४८ लाख यात्रुलाई