सभामुख महरामाथि छानबिन हुनुपर्ने गगन थापाको माग | Khabarhub Khabarhub

सभामुख महरामाथि छानबिन हुनुपर्ने गगन थापाको माग


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले सभामुख कृष्णबहादुर महरामाथि छानबिन हुनुपर्ने बताएका छन् ।

एक महिलाले आफूमाथि महराले यौन दुव्र्यवहार गरेको भनेर लगाएको आरोपको सत्यतथ्य छानबिन हुनुपर्ने भन्दै नेता थापाले दोषी देखिए महरामाथि पनि आम नागरिक सरह सजाय हुनुपर्ने बताएका हुन् ।

मंगलबार रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले भने, ‘एक शक्तिशाली र पदीय जिम्मेवारीमा रहेका व्यक्तिलाई आरोप लागेको भनेर यो केस यत्तिकै रफादफा हुनु हुँदैन ।’

नेता थापाले अभियोग लगाउने महिलामाथि पनि छानबिन हुनुपर्ने बताए । ‘कानूनभन्दा कोही पनि माथि हुँदैन । सभामुख दोषी नभए अन्मुक्ति पाउनुपर्छ । सभामुखमाथि झुटो आरोप लगाइएको हो भने आरोप लगाउने महिलामाथि कारबाही हुनुपर्छ,’ नेता थापाले भने ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १० : ४४ बजे

पुटिनले युक्रेन युद्धविराममा निराश पारे : ट्रम्प

वाशिङटन् – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भ्लादिमिर पुटिनले युक्रेनमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

आज संविधान दिवस : टुँडिखेलमा मूल कार्यक्रम

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन