सभामुख महरामाथि छानबिन हुनुपर्ने गगन थापाको माग « Khabarhub

सभामुख महरामाथि छानबिन हुनुपर्ने गगन थापाको माग


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले सभामुख कृष्णबहादुर महरामाथि छानबिन हुनुपर्ने बताएका छन् ।

एक महिलाले आफूमाथि महराले यौन दुव्र्यवहार गरेको भनेर लगाएको आरोपको सत्यतथ्य छानबिन हुनुपर्ने भन्दै नेता थापाले दोषी देखिए महरामाथि पनि आम नागरिक सरह सजाय हुनुपर्ने बताएका हुन् ।

मंगलबार रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले भने, ‘एक शक्तिशाली र पदीय जिम्मेवारीमा रहेका व्यक्तिलाई आरोप लागेको भनेर यो केस यत्तिकै रफादफा हुनु हुँदैन ।’

नेता थापाले अभियोग लगाउने महिलामाथि पनि छानबिन हुनुपर्ने बताए । ‘कानूनभन्दा कोही पनि माथि हुँदैन । सभामुख दोषी नभए अन्मुक्ति पाउनुपर्छ । सभामुखमाथि झुटो आरोप लगाइएको हो भने आरोप लगाउने महिलामाथि कारबाही हुनुपर्छ,’ नेता थापाले भने ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १० : ४४ बजे

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा