भारतद्वारा सोमालियालाई मानवीय सहायता प्रदान « Khabarhub

भारतद्वारा सोमालियालाई मानवीय सहायता प्रदान


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले अफ्रिकी मुलुक सोमालियालाई मानवीय सहायता प्रदान गरेको छ । भारतले सोमालियामा १० टन मानवीय सहायता सामग्री प्रदान गरेको हो ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भारतको विदेश मन्त्रालयले यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार सहायता सामग्रीमा आवश्यक औषधि, शल्यक्रिया सामग्री, अस्पतालका आवश्यक वस्तु र बायोमेडिकल उपकरण समावेश छन् ।

सहायता प्याकेजमा भारतीय झण्डा र ‘भारतका जनता र सरकारबाट उपहार’ लेखिएको छ । सोमालिया लामो समयदेखि आन्तरिक द्वन्द्व, जलवायु संकट र आर्थिक कठिनाइबाट प्रभावित रहँदै आएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सोमालियालाई हाल ला निनाले प्रभावित बनाएको छ । यस कारण सन् २०२५ को मध्यसम्म त्यहाँ खडेरी र खाद्य असुरक्षाको जोखिम छ ।

अहिले त्यहाँका करिब ६० लाख मानिसलाई तत्काल जीवन रक्षक सहायता आवश्यक छ । विश्वकै गरिब मुलुकको सूचीमा आउने सोमालियाका १८ लाख बालबालिका कुपोषणको जोखिममा छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ८ : ५१ बजे

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार

नारायणीमा बेपत्ता भट्टराईको शव फेला

काठमाडौँ– सशस्त्र प्रहरीले शिव भट्टराईको शव नारायणी नदी किनारामा आज