चीनमा खानी दुर्घटनामा छ विद्यार्थीको मृत्यु, सुरक्षा मापदण्डप्रति आक्रोश « Khabarhub

चीनमा खानी दुर्घटनामा छ विद्यार्थीको मृत्यु, सुरक्षा मापदण्डप्रति आक्रोश


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– गत जुलाई २३ मा चीनको भित्री मङ्गोलिया क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी नर्थइस्टर्न विश्वविद्यालयका छ विद्यार्थीको मृत्यु भएको छ ।

खानीको औद्योगिक फ्लोटेशन ट्यांक अवलोकन गर्ने क्रममा ग्रिड प्लेट भाँचिदा उनीहरू ट्यांकीमा खसेर डुबेका थिए । यो खानी चाइना नेशनल गोल्ड ग्रुपको सहायक कम्पनी झोङ्जिन गोल्डले सञ्चालन गर्दै आएको छ ।

दुर्घटनामा एक शिक्षक पनि घाइते भएका छन् । दुर्घटनाले चिनियाँ सामाजिक सञ्जालमा ठूलो आक्रोश निम्त्याएको छ ।

चिनियाँ सामाजिक सञ्जाल वेइबोमा यसै विषयसँग सम्बन्धित ह्यासट्यागले एक घण्टामै १० करोडभन्दा बढी भ्यूज पाएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सुरक्षा मापदण्डको कमी र कम्पनीको लापरबाहीमाथि प्रश्न उठाएका छन् ।

चिनियाँ सञ्चारमाध्यमले यसलाई राष्ट्रिय त्रासदीको संज्ञा दिएका छन् । सरकारले दुर्घटनाको कारण पत्ता लगाउन र सुधारात्मक उपाय प्रस्ताव गर्न अनुसन्धान टोली गठन गरेको छ ।

पछिल्लो समय चीनमा बारम्बार यस्ता औद्योगिक दुर्घटनाहरु हुने गरेका छन् । कमजोर सुरक्षा प्रबन्धका कारण यस्तो दुर्घटना हुने गरेको बताइन्छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ८ : ५७ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल