रचना, गायन र सङ्गीतका त्रिवेणी– भीम बीसी (भिडियो) | Khabarhub Khabarhub

रचना, गायन र सङ्गीतका त्रिवेणी– भीम बीसी (भिडियो)



काठमाडौं– भीम बीसी नेपाली सङ्गीत क्षेत्रका अब्बल प्रतिभा हुन् । रचना, गायन र सङ्गीतका तीनवटै आयाममा सफल बीसी गुणात्मक सिर्जनामा विश्वास गर्छन् ।

चर्चितभन्दा लोकप्रिय हुने बाटोमा हिँड्ने रुचि भएका उनको जन्म सुदूरपश्चिम नेपालको धनगढीमा भएको हो ।  हाल उनी काठमाडौंमा बसोबास गरिरहेका छन् ।

उनले प्रारम्भिक शिक्षा शारदा विद्या निकेतन  र उच्च शिक्षा आरआर क्याम्पसबाट प्राप्त गरेका हुन् । सानै उमेरदेखि सङ्गीतमा रुचि राख्ने भीम विभिन्न भावनात्मक र प्रेमिल गीतहरू सिर्जना गर्दै श्रोताहरूको मन जित्न सफल  छन् ।

उनका केही चर्चित गीतहरूमा ‘इतिहास’ (मेलिना मैनालीसँग), ‘ऐना हेरी हेरी’ (एलिना चौहानसँग), ‘उडी उडी’ (दिपेश श्रेष्ठ र सुनिता थेगीमसँग), ‘भुली सारा याद’, ‘सर्माइ भो’, ‘अन्त नजरू’, ‘अपूरो हुन्छु’, ‘परानी’ लगायतका गीतहरू रहेका छन् ।

यी गीतले युट्युब लगायतका स्ट्रिमिङ प्लेटफर्ममा राम्रो चर्चा बटुलेका छन् । उनले प्रस्तुत गरेका गीतहरूमा गहिरो भावना, मिठासपूर्ण सङ्गीत र सशक्त शब्दहरू पाइन्छन् ।

सरल शब्द, मौलिक धुन र समसामयिक प्रस्तुतीका कारण भीम  दर्शक–श्रोता माझ स्थान बनाउन सफल भएका कलाकार हुन् । ‘मनोरञ्जन हब’ मा भीम बीसीसँग नेपाली सङ्गीतको सेरोफेरोमा रमाइला कुराकानी गरेका छौँ । भीम बीसी  भन्छन्– ‘गायक बन्ने सपना बोकेर सङ्घीय राजधानी काठमाडौं छिरेको म शब्द र सङ्गीतमा बढी रुचाइएँ ।’ प्रस्तुत छ कलाकार भीम बीसीसँगको अन्तर्वार्ताः

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १० : १० बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’