विश्वकप छनोट– अस्ट्रेलियासँग खेल्ने नेपाली फुटबल टोली घोषणा | Khabarhub Khabarhub

विश्वकप छनोट– अस्ट्रेलियासँग खेल्ने नेपाली फुटबल टोली घोषणा


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ को छनोट प्रतियोगिताअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली फुटबल टोलीको घोषणा गरिएको छ ।

प्रशिक्षक योहान कालिनले घोषणा गरेको अस्ट्रेलियाविरुद्धको टोलीमा डिफेन्डर सुमन अर्याल र फरवार्ड नवयुग श्रेष्ठको पुनरागमन भएको छ ।

यसअघि चाइनिज ताइपेविरुद्धको खेलामा अर्याल र श्रेष्ठ टिममा थिएनन् । चाइनिज ताइपेविरुद्ध खेलेका रवि सिलवाल र विमल राना फेरि टिमबाट बाहिरिएका छन् ।

विश्वकप छनोटअन्तर्गत समूह ‘बी’मा रहेको नेपालले आगामी अक्टोबर १० (असोज २३ गते) अस्ट्रेलियासँग खेल्दै छ ।

समूह ‘बी’मा रहेको नेपालले अहिलेसम्म २ वटा खेल खेलिसकेको छ । पहिलो खेलमा कुवेतसँग ७–० गोल अन्तरले हार व्यहोरेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेविरुद्ध २–० को जीत निकालेको थियो ।

ताइपेविरुद्धको खेलमा जीत निकालेको नेपालले अंक तालिमकामा ३ अंक जोडेको छ ।

समूह ‘बी’को अंक तालिकामा २ खेलबाट ३ अंक जोडेको कुवेत पहिलो, १ खेलबाट ३ अंक जोडेको अस्ट्रेलियो दोस्रो, १ खेलबाट ३ अंक जोडेको जोर्डन तेस्रो र २ खेलबाट ३ अंक जोडेको नेपाल चौथो स्थानमा छन् ।

चाइनिज ताइपे भने अंक तालिकाको पुछारमा छन् ।

नेपाल अस्ट्रेलियासँग पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो । पूर्व एसियन च्याम्पियन रहिसकेको अस्ट्रेलिया फिफाको विश्व वरियतामा ४४ औं स्थानमा छ भने नेपाल १६१ औं स्थानमा छ ।

नेपाली टोली:

गोलकिपर– किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर– सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर– सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द

फरवार्ड– विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अभिषेक रिजाल

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १२ : ४३ बजे

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति