पाकिस्तानलाई गोप्य सूचना दिएको आरोपमा भारतमा एक जना रक्षा कर्मचारी पक्राउ | Khabarhub Khabarhub

पाकिस्तानलाई गोप्य सूचना दिएको आरोपमा भारतमा एक जना रक्षा कर्मचारी पक्राउ


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानलाई गोप्य सूचना दिएको आरोपमा भारतको राजस्थानस्थित जैसलमेरको पोखरण फिल्ड फायरिङ रेन्जका एक जना कर्मचारी पक्राउ परेका छन् । भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) को गेस्टहाउसका व्यवस्थापक महेन्द्र प्रसादलाई जासुसीको शंकामा पक्राउ गरिएको हो ।

उत्तराखण्डको अल्मोडाका बासिन्दा प्रसादलाई सोमबार राति पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । इण्डियन एक्सप्रेसका अनुसार यो स्थान भारतीय रक्षा विशेषज्ञहरू र वैज्ञानिकहरूले बारम्बार भ्रमण गर्ने अति संवेदनशील क्षेत्र हो ।

जैसलमेर प्रहरीले पक्राउ परेका प्रसादलाई मंगलबार थप अनुसन्धानका लागि संयुक्त जाँच समितिलाई हस्तान्तरण गरिने जनाएको छ । प्रारम्भिक जानकारी अनुसार महेन्द्र प्रसादले पाकिस्तानलाई संवेदनशील जानकारी दिएको आशंका गरिएको छ ।

उनी सन् २०१८ देखि पोखरण फिल्ड फायरिङ रेन्जस्थित डीआरडीओ गेस्टहाउसमा कार्यरत थिए । त्यहाँ कार्यरत रहँदा उनी हतियार परीक्षण र युद्ध अभ्यासका लागि सो क्षेत्रको भ्रमण गर्ने वरिष्ठ सैन्य अधिकारी र वैज्ञानिकसँग निरन्तर सम्पर्कमा रहन्थे ।

यस घटनापछि प्रमुख रक्षा क्षेत्र आसपासमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : ५० बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार