बहुउपयोगी कुरिलो, स्वास्थ्यका लागि फाइदैफाइदा « Khabarhub

बहुउपयोगी कुरिलो, स्वास्थ्यका लागि फाइदैफाइदा


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

कुरिलो तपाईंलाई कति मन पर्छ ? मन पर्दैन भने पनि खाने गर्नुहोस् । यो तपाईंका लागि लाभदायक छ ।

नेपालका प्रायः सबै भू–भागमा पाइने कुरिलो औषधीय गुण भएको बहुवर्षीय लहरायुक्त वनस्पति हो ।

यो स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । कुरिलोमा काँडासहितको काण्ड र मसिना झुप्पादार पात हुन्छन् ।

यसका टुसालाई विशेषगरी तरकारीको रूपमा बढी प्रयोग गरिन्छ । जरालाई भने विभिन्न रोगको अचुक औषधिका रूपमा प्रयोगमा ल्याइन्छ । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न विभिन्न पौष्टिक तत्व पाइन्छन् ।

यी हुन् कुरिलोका फाइला

  •  कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ। साथै, क्यान्सर रोगीका लागि पनि यो फाइदाजनक छ।
  • कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीरमा हुने विभिन्न दुखाइ सन्चो हुन्छ।
  •  कुरिलो सुत्केरीका लागि पनि उपयोगी छ। यसको सेवनले दूध नआउने समस्या समाधान गर्छ।
  •  कुरिलोको जरालाई बुद्धिवद्र्धक, अग्निवद्र्धक औषधिका रूपमा तथा दुर्बलता, शोक आदिको निवारकका रूपमा आयुर्वेदमा व्याख्या गरिएको छ।
  • कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौन दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ।
  •  कुरिलोको जराको धुलो दूध वा मनतातो पानीसँग मिसाएर पुरुषले सेवन गरेमा वीर्य बढ्छ।
  •  कुरिलोको नियमित सेवन महिलाका लागिसमेत फाइदाजनक हुन्छ। यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ। उनीहरूमा यौन दुर्बलता हटाउन, महिनावारी गडबडी ठीक पार्नलगायत कामका लागिसमेत कुरिलो उपयोगी हुन्छ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १२ : ४८ बजे

रास्वपाद्वारा थवाङ जीप दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही वैशाख १७ गते रुकुम

तीन करोड ६२ लाख खर्चेर डुडियाघाटमा पक्की पुल

गलकोट– बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरा र काठेखोला गाउँपालिका–४ तग्राम जोड्नका

रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता

मस्को– रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ र इरानका विदेशमन्त्री सैयद अब्बास

भन्सार जाँच कडाइले वीरगञ्जमा चहलपहल बढ्यो

वीरगञ्ज– सबैजसो याममा गुलजार हुने वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौल

अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. २३ जोरगणेश ओम बहाल टोलको