‘कुलिङ पिरियड’ मा रामहरि खतिवडाको कार्यशैली रहस्यमयी : माधव सापकोटा « Khabarhub

‘कुलिङ पिरियड’ मा रामहरि खतिवडाको कार्यशैली रहस्यमयी : माधव सापकोटा


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले ‘कुलिङ पिरियड’मा भएको छेडखानीमा राज्य व्यवस्था समितिका सभापतिको कार्यशैली रहस्यमय देखिएको बताएका छन् । 

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सापकोटाले कुलिङ पिरियडका बिषयमा छानबिन गर्ने क्रममा सरोकारवालासंग छलफल गर्दा समिति सभापति रामहरि खतिवडाको कार्यशैली रहस्यमय देखिएको बताएका हुन् ।

सभापतिले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको छानबिन समितिको ठहर रहेकाले नैतिकता भए राजीनामा दिनुपर्ने उनले बताए ।

सांसद सापकोटाले कुलिङ पिरियडमा भएको छेडखानी नियतजन्य रूपमा गरिएको कमजोरी भएको धारणा राखे ।

उनले कानुनतः प्रथम दृष्टिमै हस्ताक्षरकर्ताहरू सभापति र सचिव दुवै जनाले यसको जिम्मेवारी लिनुपर्ने र नैतिक रूपमा गल्ती स्वीकार गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : १८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा