दमौली कारागारका कैदीबन्दीमा छालाजन्य रोग « Khabarhub

दमौली कारागारका कैदीबन्दीमा छालाजन्य रोग


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ – दमौली कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखिएको छ। तीस पुरुष र १० महिलामा दाद, लुतोलगायत छालासम्बन्धी समस्या देखिएको हो । 

पुरुषतर्फ रक्तचापका १५, मधुमेहका १०, श्वासप्रश्वासका दुई, क्षयरोगका एक, बाथरोगका दुई र एचआइभी सङ्क्रमित दुई कैदी  रहेका छन् । त्यसैगरी, महिलातर्फ दुई मधुमेह र एक रक्तचापका  कैदी रहेका छन् । कैदीबन्दीलाई दैनिक स्वास्थ्य सेवा प्रदान गर्दैआएको कारागारका अहेव श्यामसिं बोहराले जानकारी दिए । 

उनले भने, ‘सामान्य प्रकृतिका बिरामीका यही उपचार हुन्छ, जटिल प्रकृतिका बिरामीलाई प्रदेश अस्पताल दमौली लैजाने  गरिएको छ ।’ गर्मीका कारण छालाजन्य रोगका बिरामी रहे पनि उपचारपश्चात् निको हुँदै गएको उनले बताए। 

‘करिब आठ महिना स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीले उपचारका लागि कठिनाइ भोग्नुपरेको थियो, अहिले सहज भएको छ,’ उनले भने । एक सय ३५ जनाको क्षमता रहेको कारागारमा हाल २४ महिलासहित ३२१ कैदीबन्दी रहेका छन् । 

लमजुङ सदरमुकाम बेंसीसहरस्थित कारागारको पर्खाल भत्किएपछि यस कारागारमा ३० कैदीबन्दी पठाएको उनले बताए। उक्त कारागारमा रहेका १०९ कैदी र थुनुवालाई छिमेकी जिल्ला तनहुँको दमौली र कास्कीको पोखरास्थित कारागार पठाइएको थियो ।   

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : ४२ बजे

‘क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहनेछ’

एजेन्सी – क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा–फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर