उत्तराखण्डको धरालीमा लेदोसहितको बाढीले बस्ती नै बगायो, चार जनाको मृत्यु, धेरै बपत्ता « Khabarhub

उत्तराखण्डको धरालीमा लेदोसहितको बाढीले बस्ती नै बगायो, चार जनाको मृत्यु, धेरै बपत्ता


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशीमा मंगलबार दिउँसो मुसलधारे वर्षापछि बाढी आउँदा चार जनाको ज्यान गएको छ । धराली गाउँमा एक्कासी आएको लेदोसहितको बाढीले बस्तीनै बगाएको छ ।

उत्तरकाशीका जिल्ला मजिस्ट्रेट प्रशान्त आर्याले कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् । “बाढीको ठूलो लहरले क्षेत्रलाई प्रभावित गरेको छ। हामीले जीवन र सम्पत्तिको क्षति मूल्यांकन गरिरहेका छौं,” उनले भने । धराली गाउँ गंगोत्री जाने बाटोमा प्रमुख बासस्थान हो । यस क्षेत्रमा होटल, रेस्टुरेन्ट, र होमस्टेहरू सञ्चालित छन् ।

मंगलबार दिउँसो करिब १ बजेर ४० मिने जाँदा धराली गाउँमा बाढी आएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरुमा बाढीले बस्ती नै बगाएको देखिन्छ ।

भारतीय सञ्चार माध्यमका अनुसार बाढीले २०÷२५ वटा होटल र होमस्टेहरू बगाएको छ । यसमा परी एक दर्जनजति मासिनहरु भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । बाढी आएपछि नजिकैका गाउँबस्तीमा सडक र सञ्चार सञ्जाल अवरुद्ध भएको छ ।

यसले गर्दा उद्धार कार्य थप जटिल भएको जनाइएको छ । स्थानीय प्रशासनले त्यहाँका मानिसहरुलाई घरभित्रै रहन र जोखिमपूर्ण क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेको छ ।

हाल सो क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि भारतीय सेनाको इबेक्स ब्रिगेड, राज्य तथा केन्द्र सरकारका विपद् प्रतिकार्य बल र स्थानीय प्रहरी खटिएका छन् ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले यो घटनालाई “अत्यन्त दुखद र पीडादायी” भनेका छन् । उनले वरिष्ठ अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र स्थितिको निगरानी गरिरहेको उल्लेख गरेका छन् ।

केन्द्रीय गृहमन्त्री अमित शाहले पनि मुख्यमन्त्री धामीसँग सम्पर्क गरी स्थितिबारे जानकारी लिएका छन् । उनले केन्द्र सरकारबाट उद्धार तथा राहत कार्यमा पूर्ण सहयोगको आश्वासन दिएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ६ : ०४ बजे

भारी वर्षाको कारण जलमग्न सहभागिता मार्ग (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न

सरकारको नयाँ सिस्टमले हैरान युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षसँगै लागु गरेको नयाँ प्रणालीका कारण

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन