असोज १ गतदेखि देशैभर सवारीसाधनमा अब ईम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने « Khabarhub

असोज १ गतदेखि देशैभर सवारीसाधनमा अब ईम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी असोज १ गतदेखि देशैभर सवारीसाधनमा अब ईम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ ।  

मंगलबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको प्रदेश मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले असोज १ गते देखि अनिवार्य रूपमा ईम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो ।

सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा २०८२ असोज १ गते देखि लागू हुने गरी अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी समेत परिचालन गरी प्रभावकारी नियमन गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सवारी चालक अनुमतिपत्र छपाइको लागि गत जेठ ९ गते समझदारी पत्रमा हस्ताक्षर भएको सन्दर्भमा भाद्र मसान्तभित्र यथाशीघ्र छपाइ शुरु गर्न सुरक्षण मुद्रण केन्द्रलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विषयगत समितिका निर्णयलाई कार्यान्वयन गर्नका लागि देखिएका समस्या समाधान गर्न टेक्निकल कमिट बनाइने जानकारी दिए  ।  

बैठकले १० वर्ष अवधिको सवारी चालक अनुमति पत्र वितरणका लागि राजश्वमा एकरूपता कायम गर्ने, तथ्याङ्कहरुलाई डिजिटलाईज गर्ने, भुक्तानी प्रक्रियालाई विद्युतीय माध्यममा लैजाने, सफ्टवेयर प्रणालीलाई चुस्त र व्यवस्थित पार्ने, बेरुजू फर्स्यौटलाई प्रभावकारी बनाउने, राईड शेयरीङ् बारे एकरूपता कायम गरी लागु गर्ने लगायतका निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ६ : ३७ बजे

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक