पाकिस्तानको लक्की मरवत जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानको लक्की मरवत जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको लक्की मरवत जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा ५ जनाको ज्यान गएको छ । मारिनेमा पाँच बालबालिका र एक पुरुष छन् ।

जिल्लाको लंगरखेल सुर्बन्दमा भएको मोर्टार शेल विस्फोटको घटनामा बालबालिकाको हताहती भएको हो । खेतमा खेलिरहेका बालबालिकाले नपड्किएको शेल फेला पारेर घर ल्याएका थिए ।

त्यही शेलसँग खेल्ने क्रममा एक्कासी विस्फोट हुँदा पाँच बालबालिकाको मृत्यु भएको हो । मारिनेमा ८ देखि १२ वर्षका बालबालिका छन् । घटमा १३ जना घाइते भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

त्यसैगरी, जिल्लाको शेख खुला नाम गरेको स्थानमा ड्रोनले विस्फोटक पदार्थ खसाल्दा ५४ वर्षीय अजिजुल्लाहको मृत्यु भएको छ । घटनामा उनकी पत्नी शेखजाद बिबी र बुहारी राज बिबी घाइते भएका छन् ।

प्रहरीले दुवै घटनाको अनुसन्धान शुरू गरेको छ । यससँगै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको डनले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ७ : २५ बजे

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन