पाकिस्तानले १० लाखभन्दा धेरै अफगान शरणार्थीलाई देश निकाला गर्ने « Khabarhub

पाकिस्तानले १० लाखभन्दा धेरै अफगान शरणार्थीलाई देश निकाला गर्ने


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तान सरकारले देशमा वैधानिक रूपमा बसोबास गरिरहेका १० लाखभन्दा बढी अफगान शरणार्थीहरूलाई निष्कासन गर्ने आदेश जारी गरेको छ । यी शरणार्थीहरू प्रुफ अफ रजिस्ट्रेसन (पीओआर) कार्डमार्फत बसोबास गर्दै आएका थिए ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार गृह मन्त्रालयले जुलाई ३१ मा विशेष आदेश जारी गर्दै पीओआर कार्डहरू अमान्य भएको घोषणा गरेको छ । यसले पाकिस्तानमा रहेका सबै अफगान शरणार्थीहरूको बसाइलाई गैरकानूनी बनाएको छ ।

यो निर्णयले दशकौंदेखि पाकिस्तानमा बसोबास गरिरहेका शरणार्थीहरूलाई गिरफ्तारी, हिरासत र निर्वासनको जोखिममा पारेको छ । सरकारले प्रहरी, जिल्ला प्रशासन र कारागार अधिकारीहरूलाई १९४६ को एउटा ऐनअन्तर्गत पीओआर कार्डधारीहरूलाई कुनै न्यायिक समीक्षाबेगर गिरफ्तार गर्न र हिरासतमा राख्न अधिकार दिएको छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थी निकाय (यूएनएचसीआर) ले यो कदमले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्ने चेतावनी दिएको छ । डनका अनुसार हाल अफगान शरणार्थीहरु भय र अनिश्चिततामा छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ७ : ३२ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड