पाकिस्तानले १० लाखभन्दा धेरै अफगान शरणार्थीलाई देश निकाला गर्ने « Khabarhub

पाकिस्तानले १० लाखभन्दा धेरै अफगान शरणार्थीलाई देश निकाला गर्ने


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तान सरकारले देशमा वैधानिक रूपमा बसोबास गरिरहेका १० लाखभन्दा बढी अफगान शरणार्थीहरूलाई निष्कासन गर्ने आदेश जारी गरेको छ । यी शरणार्थीहरू प्रुफ अफ रजिस्ट्रेसन (पीओआर) कार्डमार्फत बसोबास गर्दै आएका थिए ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार गृह मन्त्रालयले जुलाई ३१ मा विशेष आदेश जारी गर्दै पीओआर कार्डहरू अमान्य भएको घोषणा गरेको छ । यसले पाकिस्तानमा रहेका सबै अफगान शरणार्थीहरूको बसाइलाई गैरकानूनी बनाएको छ ।

यो निर्णयले दशकौंदेखि पाकिस्तानमा बसोबास गरिरहेका शरणार्थीहरूलाई गिरफ्तारी, हिरासत र निर्वासनको जोखिममा पारेको छ । सरकारले प्रहरी, जिल्ला प्रशासन र कारागार अधिकारीहरूलाई १९४६ को एउटा ऐनअन्तर्गत पीओआर कार्डधारीहरूलाई कुनै न्यायिक समीक्षाबेगर गिरफ्तार गर्न र हिरासतमा राख्न अधिकार दिएको छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थी निकाय (यूएनएचसीआर) ले यो कदमले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्ने चेतावनी दिएको छ । डनका अनुसार हाल अफगान शरणार्थीहरु भय र अनिश्चिततामा छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ७ : ३२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल