काठमाडौं- भारतको मध्य प्रदेशस्थित सिंग्रौली कोइला खानी क्षेत्रमा रेअर अर्थ इलिमेन्ट्स फेला परेको छ । भारतका कोइला र खानी मन्त्री जी किशन रेड्डीले माथिल्लो सदन राज्यसभामा यसबारे जानकारी दिएका हुन् ।
ऊर्जा सुरक्षा र प्राविधिक स्वायत्तताका लागि यसले ठूलो महत्व राख्ने मन्त्री रेड्डीको भनाइ छ । यी तत्वहरू नवीकरणीय ऊर्जा, विद्युतीय उपकरण, रक्षा एवम् विद्युतीय सवारी साधनजस्ता क्षेत्रका लागि महत्वपूर्ण मानिन्छ ।
हाल यस्ता तत्वका लागि चीनमा निर्भर रहँदै आएको छ । यो खोजले भारतलाई रणनीतिक खनिज आपूर्तिमा आत्मनिर्भर बनाउन र चीनमाथिको निर्भरता कम गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।
यी तत्वको उत्खननका लागि कोल इन्डिया लिमिटेड (सीआईएल) ले सम्भाव्यताको अध्ययन गरिरहेको जनाइएको छ । प्रारम्भीक अध्ययनले सिंग्रौलीमा रहेको कोइलाको नमूनामा २ सय ५० पीपीएम र गैरकोइला नमूनामा ४०० पीपीएममा यस्ता तत्व रहेको देखाएको छ ।
प्रतिक्रिया