सुनको मूल्यमा गिरावट, ७० हजारबाट तल झर्‍यो « Khabarhub

सुनको मूल्यमा गिरावट, ७० हजारबाट तल झर्‍यो


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैंको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य ६९ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ६८ हजार ९०० निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला ७० हजार र तेजावी सुन ६९ हजार ७०० मा खरिदबिक्री भएको थियो । त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले घटेको छ ।

स्थानीय बजारमा मंगलबार चाँदी प्रतितोला ८२५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

पछिल्लो दुई/तीन महिनादेखि निकै उतारचढाव देखिएको सुनको मूल्य पछिल्लो सातादेखि निरन्तर ओरालो लाग्दै आएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  २ : ३७ बजे

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की