राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण « Khabarhub

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले बिहीबार ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रमाणीकरण गर्नुभएको हो।

उक्त विधेयकहरू संघीय संसद्को दुवै सदनबाट पारित भई संविधानबमोजिम प्रमाणीकरणका लागि बिहीबार नै राष्ट्रपति कार्यालयमा पेस गरिएका थिए।

राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै यी विधेयकहरू कानुनका रूपमा कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछन्।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ६ : ३८ बजे

खामेनीको अन्त्येष्टिबीच अमेरिका–इरानबीच फेरि सैन्य आक्रमण

काठमाडौं– अमेरिका र इरानबीच सैन्य आक्रमणको श्रृङ्खला जारी रहँदा, इरानका दिवंगत

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६