पाकिस्तानमा मुद्रास्फीति उच्च | Khabarhub Khabarhub

पाकिस्तानमा मुद्रास्फीति उच्च


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा जुलाई महिनामा मुद्रास्फीति दर ४.१ प्रतिशत पुगेको छ । यो गत डिसेम्बरयताकै उच्च हो ।

पाकिस्तान तथ्याङ्क ब्यूरोका अनुसार यो वृद्धि मुख्य रूपमा खाद्य वस्तु र ऊर्जा शुल्कमा वृद्धि भएपछि देखिएको हो । पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार मासिक हिसाबमा यो २.९ प्रतिशतले धेरै हो ।

कठोर मौद्रिक नीतिले आर्थिक अवस्थालाई थप जटिल बनाएको विश्लेषकहरु बताउँछन् । हाल पाकिस्तानमा नीतिगत ब्याजदर ११ प्रतिशत रहेको छ । पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तानमाथि ब्याजदर घटाउन चर्को दबाब रहेको ट्रिब्युनले उल्लेख गरेको छ । यद्यपि बैंकले ब्याजदर घटाउन अस्वीकार गर्दै आएको छ ।

उच्च ब्याजदर हुँदा निजी क्षेत्रमा ऋण प्रवाह कमजोर हुन पुगेको जनाइएको छ । हाल पाकिस्तानमा ठूलो ऋणको बोझ छ । सरकारले आफ्नो बजेटको आधा हिस्सा अर्थात् ८.२ ट्रिलियन पाकिस्तानी रुपैयाँ ऋण भुक्तानीमा खर्च गरिरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ८ : २७ बजे

पहिरोले पुरिएर सुपर न्यादी आयोजनाका एक कामदारको मृत्यु, तीन जना घाइते

लमजुङ– लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ मा निर्माणधीन ४० दशमलव २७ मेगावाट

असारे विकासको कुरूप ‘शङ्खमूल सडक’

काठमाडौं– ‘झरी परेपछि हिलाले बोटामा हिँड्नेस्थिति हुँदैन । अरूको घरको

शिक्षा विधेयक स्वीकार्य छैन : कल्पना पनेरू

काठमाडौं– नेपाल शिक्षक महासंघकी सचिव कल्पना पनेरूले प्रतिनिधिसभाअन्तर्गतको अहिले संसदीय

विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा 

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन

प्रधानमन्त्री ओलीद्वारा राखी ग्रहण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा