तेमाल गाउँका सहरमा बस्नेलाई शिविरमार्फत सेवा « Khabarhub

तेमाल गाउँका सहरमा बस्नेलाई शिविरमार्फत सेवा


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काभ्रे– तेमाल गाउँपालिकाले गाउँ छाडेर काठमाडौं उपत्यकालगायत सहरमा बस्ने नागरिकलाई घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको छ ।

गाउँपालिकाले विशेषगरी आफ्ना नागरिक बसेको स्थानमै शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण एवं नवीकरण गरेको हो ।

एकहप्ते शिविरबाट पाँच सय ९१ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको सो गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले बताए । उनले जहाँ गाउँपालिकाका नागरिक बस्छन् त्यही सेवा उपलब्ध गराउने बताए ।

गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख उद्धवप्रसाद पाण्डेको नेतृत्वमा सात स्थानमा शिविर सञ्चालन गरिएको थियो ।

काठमाडौंको कुमारीगाल शिविरबाट ६२, जोरपाटीबाट ८५, कपनबाट ५८, स्वयम्भूबाट ७१ र कोटेश्वरबाट एक सय ५२, भक्तपुरको सूर्यविनायकबाट ९८ र काभ्रेपलाञ्चोकको बनेपामा ६५ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका उनले जानकारी दिए ।

उपत्यकालगायतका सहरमा बस्ने तेमालका नागरिक अब सामाजिक सुरक्षा भत्ता लिन गाउँसम्म पुग्नुपर्ने बाध्यताबाट मुक्त भएको सो गाउँपालिकाले जनाएको छ । (रासस)

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १० : ०९ बजे

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ