कांग्रेसले पार्टीको नक्कली लेटरप्याड र छाप प्रयोग गरेर विदेशिएकाको निगरानी गर्ने « Khabarhub

कांग्रेसले पार्टीको नक्कली लेटरप्याड र छाप प्रयोग गरेर विदेशिएकाको निगरानी गर्ने


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस रोल्पाले पार्टीको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरेर द्वन्द्व प्रभावितको बहाना बनाएर अमेरिकालगायतका देश गएका नेपालीमाथि निगरानी गर्ने भएको छ । 

कांग्रेस रोल्पाले पार्टी गतिविधिहरूमा सक्रिय भएका कारण द्वन्द्व प्रभावित भएको, माओवादीका कार्यकर्ताले धम्की दिएकाले नेपालमा बस्न नसकी जीवनरक्षाका लागि अमेरिकालगायतका देशमा आउनुपरेको भन्दै गलत सिफारिस बनाएर सम्बन्धित देशमा पेस गरेका र गर्ने प्रक्रियामा रहेकाहरू माथि निगरानी बढाउने भएको हो । 

कांग्रेस रोल्पाका सभापति किशोरकुमार आचार्यले बुधबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘यस प्रकारका गलत, भ्रामक र कानूनविपरितका कार्यहरूको बारेमा सम्बन्धित देश (विदेश) मा रहेका पार्टी जनसम्पर्क समितिको सहयोग र सम्बद्ध सबैसँग सहकार्य गरी सत्यतथ्य पत्ता लगाई सो सम्बन्धमा सबै देशका नेपालस्थित राजदूतावास समेतमा पार्टीको तर्फबाट कूटनीतिक पहल गरी आवश्यक प्रक्रिया अगाडि बढाउने भएकाले त्यस्ता गलत क्रियाकलाप नगर्न नगराउन सम्बद्ध सबैलाई यसै विज्ञप्तिमार्फत् सचेत गराइएको छ ।’

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १२ : १७ बजे

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ