अर्थमन्त्री पौडेल भन्छन्- सडकलाई हिलो र धुलोरहित बनाउन सरकार लागिरहेको छ | Khabarhub Khabarhub

अर्थमन्त्री पौडेल भन्छन्- सडकलाई हिलो र धुलोरहित बनाउन सरकार लागिरहेको छ


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय महत्वका सडक पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकता दिएको बताएका छन् ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ उद्घाटन गर्दै गुणस्तरीय सडकका साथै सहरी पूर्वाधारमा सरकारले विशेष ध्यान दिएको उनले बताए ।

पौडेलले धुलो र हिलोरहित सडकको परिकल्पनालाई व्यहारिक रुपमा सार्थक तुल्याउन सरकार लागि परेको धारणा राखेका छन् ।

सडक निमार्णको सिलसिलामा गुणस्तरमा पनि जोड दिइरहेको उनले बताए । अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको बजेटमा सडकको गुणस्तर सुनिश्चित गर्ने हिसाबले भू–बनोटको आवश्यकताअनुसार आरसीसी कस्ट्रक्सनमा ध्यान दिएको जिकिर गरे।

भृकुटीमण्डपमा साउन २५ गतेसम्म आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ५० भन्दा बढी ब्राण्ड, १५ वटा दुई पांग्रे, १५ वटा चार पांग्रे, र ५ वटा कमर्सियल सवारी साधनसहित ३५ नयाँ सवारी साधनहरू सार्वजनिक गरिने भएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १ : ३१ बजे

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी

अन्तरिम सरकारलाई ओलीले दिए म्यादीको संज्ञा, चुनाव गराउनै नसक्ने जिकिर

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरूलाई