अर्थमन्त्री पौडेल भन्छन्- सडकलाई हिलो र धुलोरहित बनाउन सरकार लागिरहेको छ « Khabarhub

अर्थमन्त्री पौडेल भन्छन्- सडकलाई हिलो र धुलोरहित बनाउन सरकार लागिरहेको छ


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय महत्वका सडक पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकता दिएको बताएका छन् ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ उद्घाटन गर्दै गुणस्तरीय सडकका साथै सहरी पूर्वाधारमा सरकारले विशेष ध्यान दिएको उनले बताए ।

पौडेलले धुलो र हिलोरहित सडकको परिकल्पनालाई व्यहारिक रुपमा सार्थक तुल्याउन सरकार लागि परेको धारणा राखेका छन् ।

सडक निमार्णको सिलसिलामा गुणस्तरमा पनि जोड दिइरहेको उनले बताए । अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको बजेटमा सडकको गुणस्तर सुनिश्चित गर्ने हिसाबले भू–बनोटको आवश्यकताअनुसार आरसीसी कस्ट्रक्सनमा ध्यान दिएको जिकिर गरे।

भृकुटीमण्डपमा साउन २५ गतेसम्म आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ५० भन्दा बढी ब्राण्ड, १५ वटा दुई पांग्रे, १५ वटा चार पांग्रे, र ५ वटा कमर्सियल सवारी साधनसहित ३५ नयाँ सवारी साधनहरू सार्वजनिक गरिने भएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १ : ३१ बजे

पर्यटकको अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’

रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

काठमाडौँ – कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएको रायोको सागमा अत्यधिक

‘ओपीडी सेवा नखुम्च्याऔँ, नागरिकलाई आर्थिक बोझ नथपौँ’ : कांग्रेस महामन्त्री पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप

क्यामेराबाट भागिरहेका रास्वपाका ‘सेलिब्रेटी’ नेता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको मिडियासँग सातो