प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच भेटवार्ता भएको छ । 

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभबीच दुईपक्षीय भेटवार्ता भएको हो । 

भेटवार्तामा दुईदेशबीचको सम्बन्धका बारेमा कुराकानी भएको प्रधानमन्त्री ओलीले जानकारी दिए । उनले नेपाल र तुर्कमेनिस्तान भूपरिवेष्टित देश रहेकाले आगामी दिनमा दुई देशबीच सहकार्य गर्दै अघि बढ्न आफूले प्रतिबद्धता जनाएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले नेपालको विकासको अवस्थामा बारेमा पनि तुर्कमेनिस्तानका राष्ट्रपतिलाई जानकारी गराएको उल्लेख गरे । 

भेटवार्तामा तुर्कमेनिस्तानका  राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएको प्रधानमन्त्री ओलीले जानकारी दिए । त्यसअघि बुधबार नै प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत दक्षिण दक्षिण सहकार्यसम्बन्धी सत्रमा सम्बोधन गरेका थिए । 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ३ : २७ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री